अमेरिकी पुनरावेदन अदालतद्वारा क्यालिफोर्नियाको नेट न्युट्रालिटी कानून अनुमोदन

  • Technology Khabar | १६ माघ २०७८, आईतवार
अमेरिकी पुनरावेदन अदालतद्वारा क्यालिफोर्नियाको नेट न्युट्रालिटी कानून अनुमोदन

काठमाडौं ।

अमेरिकाको कोर्ट अफ अपिल्स अर्थात् पुनरावेदन अदालतले शुक्रबार क्यालिफोर्नियाको नेट न्युट्रालिटी कानूनलाई अनुमोदन गरेको छ।

उक्त अदालतले सन् २०१७ मा एफसीसीले संघीय इन्टरनेट संरक्षणलाई उल्ट्याउन गरेको निर्णयले राज्यको गतिविधिलाई अवरोध नगर्ने भन्दै उक्त कानून अनुमोदन गरेको हो।

नाइन्थ सर्किट कोर्ट अफ अपिल्सले हालैको ३-० रुलिङमा दूरसञ्चार तथा ब्यापक उद्यो समूहद्वारा ओपन इन्टरनेटको सुरक्षा गर्ने क्यालिफोर्नियाको नेट न्युट्रालिटी नियम रोक्न दिएको चुनोती अस्विकार गरेको हो।

पूर्व राष्ट्रपति ट्रम्प प्रशासन अन्तर्गत एफसीसीले इन्टरनेट सेवालाई अझ हलुका नियम अन्तर्गतको सेवाका रुपमा पुनर्व्याख्या गरेकाले दूरसञ्चार सेवाअन्तर्गत रहेको बेलामा झैं एफसीसीले नियम लगाउन नहुने न्यायाधीश समूहको फैसलामा उल्लेख छ।

गत वर्षको फेब्रुअरीमा न्याय विभागले क्यालिफोर्नियाको राज्य कानूनलाई चुनोती दिने छुट्टै कानूनी याचिका फिर्ता लिएपछि पुनरावेदनभन्दा तल्लो अदालतका एक न्यायाधीशले क्यालिफोर्नियाको नेट न्युट्रालिटी नियम लागू हुनबाट रोक्न अस्विकार गरेका थिए।

प्रकाशित: १६ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार