साइबरट्रक २०२३ भन्दा अगाडि सार्वजनिक नहुने टेस्लाको भनाई

  • Technology Khabar | १३ माघ २०७८, बिहीबार
साइबरट्रक २०२३ भन्दा अगाडि सार्वजनिक नहुने टेस्लाको भनाई

काठमाडौं ।

टेस्लाले आफ्नो चिर प्रतीक्षित साइबर ट्रकको उत्पादन आगामी सन् २०२३ सम्म ढिलाई हुनसक्ने बताएको छ।

बुधबार टेस्लाका सीईओ इलन मस्कले उक्त गाडीको उत्पादनमा अझै केही समय ढिलाई हुने जानकारी दिएका हुन्।

प्रतिस्पर्धीहरुले बजारमा आफ्ना नयाँ नयाँ उत्पादनहरु पहिलेभन्दा बढाइरहेको अवस्थामा टेस्लाले भने पहिले आउने भनिएको गाडीको उत्पादन झण्डै १ वर्ष ढिलाई गर्नुको कारण भने खुलेको छैन।

मस्कको यो घोषणाले रोयटर्सले यसै महिनाको शुरुवातमा प्रकाशन गरेको रिपोर्टलाई प्रस्ट्याउँछ।

कम्पनीले केही समयअगाडि कीर्तिमानी त्रैमासिक आम्दानी प्रकाशित गर्दै आपूर्ति श्रृङ्खलाको समस्याका बावजूद २०२२ मा आफ्ना गाडीहरुको डेलिभरी ५० प्रतिशतले बढ्ने जनाएको थियो।

सन् २०१९ मा भविष्योन्मुख गाडीका बारेमा घोषणा गरेका मस्कले यसको उत्पादन २०२१ को अन्तिमबाट २०२२ सम्मका लागि सारिसकेका छन्।

‘टेस्लाले साइबरट्रक, सेमी तथा रोडस्टर र मानवजस्तै देखिने रोबोट आउँदो वर्ष सार्वजनिक हुनेछन्’, मस्कले भने।

उनले विश्लेषकशरुलाई पार्टपुर्जाको कमीका कारण यो वर्ष कम्पनीले कुनै नयाँ गाडीको मोडल सार्वजनिक नगर्ने पनि जानकारी दिए।

‘अतिरिक्त उत्पादनहरुका जटिल उत्पादन प्रक्रियाका लागि अझ धेरै पार्टपुर्जा र समय दिनुपर्ने भएकाले यो वर्ष कम गाडीहरुमात्र डेलिभर गर्न सकिनेछ’, उनले थपे।

प्रकाशित: १३ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...