टेस्ला लगानीकर्ताद्वारा मस्कलाई सोलारसिटी सम्झौतामा १३ अर्ब डलर तिराउन न्यायाधीशसँग आग्रह

  • Technology Khabar | ५ माघ २०७८, बुधबार
टेस्ला लगानीकर्ताद्वारा मस्कलाई सोलारसिटी सम्झौतामा १३ अर्ब डलर तिराउन न्यायाधीशसँग आग्रह

काठमाडौं ।

टेस्लाका शेयरधनीहरूले मंगलबार अमेरिकी न्यायाधीशलाई इलन मस्कले कम्पनीको बोर्डलाई २०१६ मा सोलारसिटी सम्झौतामा जबरजस्ती गरे नगरेको बारेमा छानबिन गर्न आग्रह गरेका छन्। उनीहरुले मस्कलाई १३ अर्ब डलर तिर्न आदेश दिनुपर्ने पनि बताएका छन्।

रोयटर्सका अनुसार, सेयरहोल्डरका वकिल र्यान्डी ब्यारोनले अदालतलाई सोलारसिटीको अधिग्रहण आर्थिक समस्याबाट बचाउनको लागि हो कि भन्ने आशंकाको बारेमा अदालतलाई बताए।

“यो मुद्दा जहिले पनि सोलारसिटीको अधिग्रहण आर्थिक संकटबाट बचाउने, बेलआउट, इलन मस्कले आयोजना गरेको हो कि भन्ने बारेमा रहेको छ,” शेयरधनीहरूका लागि वकिल रेन्डी ब्यारोनले जुममार्फत भईरहेको सुनुवाईमा भने।

युनियन पेन्सन कोष र सम्पत्ति प्रबन्धकहरूको मुद्दामा मस्कले सोलारसिटी सम्झौता अनुमोदन गर्न टेस्ला बोर्डलाई बलियो बनाएको आरोप लगाइएको छ जहाँ मस्क प्रमुख सेयरधनी रहेका छन्। मस्कले यो सम्झौता आफ्नो दशक पुरानो मास्टर प्लानको हिस्सा भएको बताएका छन्।

मस्कका वकिलहरू मध्ये एक इभान चेस्लरले यो सम्झौता बेलआउट नभएको अदालतलाई बताए। उनले सोलारसिटी टाटपल्टिने अवस्थादेखि टाढा थियो र कम्पनीको स्थिति धेरै उच्च-वृद्धि हुने प्रविधि कम्पनीहरूसँग बराबर थियो भन्ने दाबी गरे।

शेयरधनीतर्फका अधिवक्ता ली रुडीले अदालतलाई टेस्लाको स्टक फिर्ता गर्न मस्कलाई आदेश दिन अनुरोध गरे। यसको हालको मूल्य लगभग १३ अर्ब डलर हुनेछ।

एलोन मस्कलाई स्टक फिर्ता गर्न आदेश दिने अनुरोधलाई उनका वकिल चेस्लरले ‘बेतुक’ भनेका थिए। यसले टेस्लामा उनको पाँच वर्षको सफलतालाई कमजोर बनाउने दाबी गरे।

टेस्लाले जब यो यसको मोडेल ३ को प्रक्षेपण नजिक पुगेको थियो त्यसबेला सोलारसिटीलाई प्राप्त गर्यो। यो सेडान कार थियो र कम्पनीको लागि धेरै महत्त्वपूर्ण थियो। सेयरधनीहरुले यो सम्झौताले ध्यान भंग गरेको आरोप लगाएका छन्। टेस्लासँग सोलारसिटीको आर्थिक संकट र ऋणको बोझ आएको थियो।

टेस्लामा २२ प्रतिशत मात्रै स्वामित्व भए पनि इलन मस्कले बोर्डका सदस्यहरूसँग दबाबयुक्त शैलीमा कुरा गर्ने गरेको शेयरधारकहरूको दाबी छ। यदि वादीहरूले यो प्रमाणित गर्न सकेको खण्डमा यसले अदालतको लागि यो सम्झौता शेयरधारकहरूको लागि उचित थिएन भन्ने निष्कर्षमा पुग्ने सम्भावना बढाउँछ।

प्रकाशित: ५ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...