शाओमी ११टी प्रो भारतमा सार्वजनिक, यस्ता छन् विशेषता

  • Technology Khabar | ६ माघ २०७८, बिहीबार
शाओमी ११टी प्रो भारतमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं ।

शाओमीले आफ्नो ११टी प्रो स्मार्टफोन बुधबार भारतमा सार्वजनिक गरेको छ।

यो डिभाइसमा १२० हर्ज रिफ्रेश रेटयुक्त एमोलेड डिस्प्ले तथा १२० वाट फास्ट चार्जिङ उपलब्ध छ।

यसमा क्वालकमको स्न्यापड्रागन ८८८ चिपसेट दिइएको छ भने हर्मन कार्डन ट्यून गरिएको डल्बी एटमस सपोर्ट गर्ने स्टेरियो स्पीकर समावेश छ।

यसबाहेक १२० वाट हाइपरचार्ज फास्ट वायर्ड चार्जिङसहित आउने यो फोन १७ मिनेटमा शून्यबाट १०० प्रतिशत ब्याट्री चार्ज हुने कम्पनीको दावी छ।

यो स्मार्टफोनमा एन्ड्रोइड ११ का साथमा ६.६७ इन्चको १२० हर्ज रिफ्रेश रेटयुक्त फुल एचडी+ डिस्प्ले रहेको छ।

यस्तै क्वालकम स्न्यापड्रागन ८८८ प्रोसेसर रहेको यो डिभाइसमा एड्रेनो ६६० जीपियू र १२ जीबीसम्मको एलपीडीडीआर५ र्याम दिइएको छ। यसबाहे ३ जीबीसम्म भर्चुअल र्याम थप्न सकिने कम्पनीको भनाइ छ।

फोटो तथा भिडियोका लागि १०८ मेगापिक्सेलको मुख्यसहित ट्रिपल      रियर क्यामरा सेटअप दिइएको छ। यसमा प्रो टाइम-ल्याप्स, सिनेम्याटिक फिल्टर तथा अडियो जूमजस्ता ५० भन्दा बढी डाइरेक्टर मोड प्रि-लोडेड रहन्छन्।

पावरका लागि ५००० एमएएचको १२० वाट हाइपरचार्ज फास्ट वायर्ड चार्जिङयुक्त ब्याट्री दिइएको छ।

प्रकाशित: ६ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...