
काठमाडौं ।
सामसङले हालै २०२२ का लागि सार्वजनिक गरेको एक्जिनोस २२०० फ्ल्यागशिप चिपसेटको बेन्चमार्क स्कोर उपलब्ध भएको छ।
हालै आएका रिपोर्टहरुमा अनुसार यी स्कोरहरु ग्यालेक्सी एस२२ अल्ट्राबाट लिइएका र यसलाई प्रमाणित गर्ने अन्य कुनै उपाय भने नभएको उल्लेख छ।
गीकबेन्४ ५ मा यो डिभाइसले सिंगल कोरमा ११०८ तथा मल्टी कोरमा ३५१६ स्कोर ल्याएको छ जुन यसअघिको एक्जिनोस २१०० को बराबर नै हो।
एन्टुटु ९.० मा उक्त डिभाइसले ९६५,८७४ प्वाइन्ट पाएको छ जुन यसअघिको भर्सनको तुलनामा ४६ प्रतिशतले बढी हो।
जीएफएक्सबेन्च एजटेक रुइन्स परीक्षणमा एक्जिनोस २२०० चिपसेटले १०९ एफपीएस पाएको छ जुन शाओमी १२मार्फत् आएको स्न्यापड्रागन ८ जेन १ को तुलनामा निकै राम्रो भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ५ माघ २०७८, बुधबार