काठमाडौं ।
नेपालमा आर्थिक वर्ष २०७८/७९ को पाँचाैं महिना अर्थात् मंसिरमा ई-कमर्समार्फत् ३५ करोड रुपैयाँभन्दा बराबरको कारोबार गरिएको छ।
इन्टरनेट सुविधा र आधुनिक जीवनशैलीका कारण नेपालमा ई-कमर्सका प्रयोगकर्ताहरु दिनानुदिन बढ्दै गएका छन्।
हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु स्थूल आर्थिक प्रतिवेदनमा मंसिरमा ई-कमर्समार्फत् भएको कारोबार संख्या ६० हजार ५१० उल्लेख गरिएको छ। यो आँकडा अघिल्लो महिना अर्थात् कार्तिकको भन्दा १६ हजार ३६८ ले बढी हो।
कारोबार संख्या बढेसँगै कारोबार रकम बढ्नु स्वाभाविकै हो।
यो महिना ई-कमर्सको क्षेत्रमा ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ प्रतिवेदनले देखाएको छ।
योभन्दा अघिल्लो महिना अर्थात् कार्तिकमा भने ई-कमर्समार्फत् ४४ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएकामा एक महिनाको अवधिमा ९ करोड ३० लाख रुपैयाँले कमी आएको देखिएको छ।
कोभिड-१९ को तेस्रो लहर तथा मानिसहरुमा बढ्दो अनलाइनमार्फत सामान खरिद गर्ने बानी भए पनि एक महिनामा ई-कमर्समार्फत् हुने कारोबार रकम र सङ्ख्यामा यसरी गिरावट आउनु सुखद् भने देखिँदैन।
यस्तो छ आर्थिक वर्ष २०७८/७९ को शुरुवाती ५ महिनामा ई-कमर्समार्फत् भएका कारोबार तथा रकमको तालिका:
| महिना | श्रावण | भाद्र | आश्विन | कार्तिक | मंसिर |
| कारोबार सङ्ख्या | ६७८९१ | ६६१३७ | ७६३५७ | ७६८७८ | ६०५१० |
| कारोबार रकम | ३८७ | ४५४ | ४५५ | ४४३ | ३५० |
प्रकाशित: ५ माघ २०७८, बुधबार