सुनामीका कारण पोलिनेसियन राष्ट्र टोंगामा दुई हप्ता इन्टरनेट नआउने

  • Technology Khabar | ४ माघ २०७८, मंगलवार
सुनामीका कारण पोलिनेसियन राष्ट्र टोंगामा दुई हप्ता इन्टरनेट नआउने

काठमाडौं ।

ओसिनिया अन्तर्गत पर्ने पोलिनेसियन द्वीपमा अवस्थित देश टोंगामा सुनामी आउने गरी भएको ज्वालामुखी विस्फोटका कारण २ हप्तासम्म सञ्चार अबरुद्ध हुने भएको छ।

यो देशका केही टापूहरुमा सञ्चार तथ बिजुली आइसकेको छ भने इन्टरनेट आउन अझै २ हप्ताजति लाग्ने बीबीसीले उल्लेख गरेको छ।

अन्डरसी केबलमा सुनामीले नराम्ररी क्षति पुर्याएकाले इन्टरनेट पुन: प्रयोगमा ल्याउन समय लाग्ने बुझिएको छ। ज्वालामुखी विस्फोटपछि टोंगाको मुख्य टापू पुरै खरानीले ढाकेको तथा यसको पश्चिमी समुद्री किनारा क्षतविक्षत भएको समाचारमा उल्लेख छ।

८० हजारभन्दा बढी मानिसहरु प्रभावित हुन सक्ने

‘हामी हाल अन्दाजका हिसाबले जानकारी लिइरहेका छाैं, तर अन्डरसी केबल काटिएको हुनसक्ने आकलन गरिएको छ’, साउदर्न क्रस केबल नेटवर्कका नेटवर्क डाइरेक्टर डीन भेभर्काले एएफपी समाचार समितिलाई बताएको बीबीसीले उल्लेख गरेको छ।

उनका अनुसार यो केबल मर्मत गर्न कम्तीमा २ हप्ता लाग्ने देखिएको छ। यहाँबाट सबैभन्दा नजिकको केबलयुक्त उपकरण टोंगाबाट ४ हजार किलोमिटर पर रहेको पपुआ न्यूगिनीको राजधानी पोर्ट मोर्स्बीमा रहेको छ।

एएफपीका अनुसार साउदर्न क्रसले टोंगा केबल लिमिटेडलाई टोंगा र फिजी जोड्ने र त्यसपछि विश्वसँग कनेक्ट हुने ८७२ किलोमिटर लामो केबल जोड्नका लागि सहयोग गरिरहेको छ।

प्रकाशित: ४ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार