फाइभजीका कारण विमान नै ‘ग्राउन्डेड’ हुन सक्ने अमेरिकाका मुख्य एयरलाइन्सको चेतावनी

  • Technology Khabar | ४ माघ २०७८, मंगलवार
फाइभजीका कारण विमान नै ‘ग्राउन्डेड’ हुन सक्ने अमेरिकाका मुख्य एयरलाइन्सको चेतावनी

काठमाडौं ।

अमेरिकाका यात्रु तथा कार्गो विमान कम्पनीका कार्यकारीहले ३६ घण्टाभित्र एयरलाइन्स क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने चेतावनी दिएका छन्।

मुख्य दूरसञ्चार सेवा प्रदायकहरु एटीएन्डटी तथा भेरिजोनले बुधबार अर्थाते जनवरी १९ देखि फाइभजी वायरलेस नेटवर्क विस्तार गर्ने तालिका बनाएका छन्।

एयरलाइन्स कम्पनीहरुले नयाँ सी ब्याण्डको फाइभजी सेवा शुरु भएपछि थुप्रै सङ्ख्याका वाइडबडी विमानहरु उपगोगविहीन हुनसक्ने चेतावनी दिएका हुन्। यसबाहेक उक्त सेवा विस्तारका कारण दशैहजार अमेरिकी अन्य देशमै अलपत्र पर्ने र अमेरीकी उडानहरुमा निकै असमञ्जस खडा गर्ने पनि उनीहरुको भनाई छ।

‘हाम्रा मुख्य क्षेत्रहरु उडानका लागि क्लियर नगरिएसम्म ठूलो सङ्ख्याका यात्रुहरु ग्राउन्डेडको मारमा पर्नेछन्’, अमेरिकन एयरलाइन्स, डेल्टा एयरलाइन्स, यूनाइटेड एयरलाइन्स, साउथवेस्ट एयरलाइन्स तथा अन्य एयरलाइन्सका कार्यकारीहरुले पत्रमा उल्लेख गरेको रोयटर्सले जनाएको छ।

संघीय उड्डयन प्रशासन एफएएले सम्भाव्य हस्तक्षेपले विमानका अल्टिमिटरजस्ता अति संवेदनशील उपकरणहरुलाई असर पार्ने र कम प्रकाश भएको बेला उडान र अवतरणमा समस्या निम्त्याउन सक्ने बताउँदै आएको छ।

प्रकाशित: ४ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार