सुर्खेतबाट पहिलो पटक विद्युतीय राहदानी वितरण

  • Technology Khabar | ४ माघ २०७८, मंगलवार
सुर्खेतबाट पहिलो पटक विद्युतीय राहदानी वितरण

काठमाडौं ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पहिलो पटक विद्युतीय राहदानी वितरण प्रारम्भ गरिएको छ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सोमबार वीरेन्द्रनगर नगरपालिका–८ का गीर्वाणबाबु मल्ललाई पहिलो विद्युतीय राहदानी प्रदान गरेका छन्।

प्रजिअ रिजालले यस पटक ११८ जनाको विद्युतीय राहदानी आएको बताउँदै अब प्रशासनिक काम डिजिटल प्रविधिबाट गर्न थालिएको जानकारी दिए। उनले विद्युतीय राहदानीले समय, बजेटमा मितव्ययिता बढाउने, झञ्झट कम हुनेजस्ता फाइदा भएको बताए।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी रामबहादुर बुढाले ११ दिनको अवधिमा विद्युतीय राहदानी सुर्खेत आइपुगेको जानकारी दिए। उनले राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गरपछि त्यसैको आधारबाट विद्युतीय राहदानी बन्ने बताए। गोरखापत्र

प्रकाशित: ४ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार