भर्चुअल संसार ‘मेटाभर्स’मा विवाह गर्दै भारतीय जोडी

  • Technology Khabar | ४ माघ २०७८, मंगलवार
भर्चुअल संसार ‘मेटाभर्स’मा विवाह गर्दै भारतीय जोडी

काठमाडौं ।

के तपाईंले त्यस्तो विवाहको कल्पना गर्नुभएको छ जसमा ब्यान्डबाजा, जन्ती, बेहुला, बेहुली र पाहुना हुँदैनन् ? टेक्नोलोजीका कारण यस्तै विवाहको आयोजना भइरहेको छ जसमा सबै कुरा भर्चुअल हुनेछन्। तर यस्तै विवाह छिमेकी देश भारतमा एक इन्जिनियरले गर्न लागेका छन्। जुन मेटाभर्स नामक भर्चुअल संसारमा भारतीयले पहिलो पटक भर्चुअल विवाह गर्ने भएका छन् ।

भारतको तमिलनाडु राज्यका एक जोडीले अर्को महिना अर्थात फेब्रुअरीमा यस्तो विवाह गर्न लागेका छन्। दिनेश एसपी र जनगनन्धिनीको यो जोडीले यो विवाहको रिसेप्सन डिजिटल रूपमा आयोजना गर्न लागेको भारतीय मिडियाहरुले जनाएका छन्।

यस बारेमा दिनेशले आफ्नो ट्विटर ह्यान्डलमार्फत जानकारी दिएका हुन्। दिनेशले आफ्नो ट्वीटमा यो भर्चुअल विवाहको टिजर भिडियो सार्वजनिक गरेका छन्, जसमा ह्यारी पोटर फिल्मको विषयवस्तु दिइएको छ। साथै, भिडियोमा यो भारतको पहिलो भर्चुअल विवाह भएको पनि उल्लेख गरिएको छ।

दिनेशले आफ्नो पोस्टसँगै लेखेका छन्, ‘विश्वका करोडौं मानिसहरूको अगाडि यो अवसर पाएकोमा म धेरै गर्व र खुशी महसुस गर्छु। ठूलो कुराको सुरुवात! भारतको पहिलो मेटाभर्स विवाह, जुन पोलिगन ब्लकचेन र टारडिभर्स मेटाभर्स स्टार्टअपसँगको साझेदारीमा हुनेछ।”

दिनेश आफैं पनि सूचना प्रविधिका इन्जिनियर भएका र मेटाभर्समा काम गरिरहेका छन्।

दिनेश र जनगनन्धिनी दुबै ह्यारी पोटरका फ्यान हुन्, त्यसैले उनीहरूले आफ्नो विवाहको स्वागतका लागि ह्यारी पोटर थिममा आधारित ब्रह्माण्ड रोजेका छन्। बेहुला, बेहुलीको पोशाक परम्परागत हुनेछ र लग-इन विवरणहरू विवाहमा उपस्थित अतिथिहरूलाई पठाइनेछ। पाहुनाहरूले आफ्नो अवतार छनोट गरेर यो विवाह रिसेप्शनमा सहभागी हुन सक्नेछन्। विवाह समारोहमा पाहुनाका अवतारहरूले पनि एकअर्कासँग अन्तरक्रिया गर्ने बताईएको छ।

प्रकाशित: ४ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार