डिशहोममा शर्ट्स टिभी सार्वजनिक

  • Technology Khabar | ३ माघ २०७८, सोमबार
डिशहोममा शर्ट्स टिभी सार्वजनिक

काठमाडौं ।

डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले शर्ट्स टिभी सार्वजनिक गरेको छ। कम्पनीले सोमबार एक भर्चुअल कार्यक्रम आयोजना गर्दै शर्ट्स टिभी उपलब्ध भएको घोषणा गरेको हो।

शर्ट्स टिभी डिशहोम र डिशहोम गो एपबाट हेर्न सकिने छ। दक्षिण एशियामा भारतपछि नेपालमा शर्ट्स टिभी लञ्च भएको बताईएको छ।

शर्ट्स टिभीबाट विभिन्न शर्ट्स मुभि र अस्कर अवार्डमा नोमिनेटेड भएका शर्ट फिल्महरू हेर्न सकिने छ। नेपालीहरूले बनाएका शर्ट मुभिहरूमा पनि यसमा प्रसारण हुनेछ।

डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्यले नेपाली शर्ट मुभी मेकरका लागि राम्रो प्लेटफर्म भएको बताए।

शर्ट्स टिभी शर्ट्स फिल्महरूको विश्वव्यापी डेडिकेटेड नेटवर्क हो। यसको क्याटलगमा १३ हजार बढी शीर्षहरू रहेका छन्। शर्ट्स टिभीले सन् २००६ देखि अस्कर अवार्डमा नोमिनेटेड भएका शर्ट फिल्महरू रिलिज गर्दै आएको छ।

प्रकाशित: ३ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...