राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ र कार्ड दर्ता शुल्कमा ५० प्रतिशत छुट

  • Technology Khabar | ३ माघ २०७८, सोमबार

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंकले ५७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने भएको छ। बैंकले ग्राहकलाई मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको हो।

बैंकले वार्षिकोत्सवको अवसरमा माघ १ गते दखि चैत मसान्तसम्म लागू हुने गरी मोबाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। साथै, डिम्याट रजिष्ट्रेशन शुल्कमा १०० प्रतिशत छुट गर्ने निर्णय बैंकले गरेको छ।

आगामी माघ १० गतेबाट राष्ट्रिय वाणिज्य बैंक ५६ वर्ष पूरा गरी ५७औँ वर्षमा प्रवेश गर्दैछ । बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ।

प्रकाशित: ३ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार