अनलाइन प्रणालीबाट पहिलो दिन ८ सय ५५ जना सेवाग्राहीले लिए पुनः श्रम स्वीकृति

  • Technology Khabar | ३ माघ २०७८, सोमबार
अनलाइन प्रणालीबाट पहिलो दिन ८ सय ५५ जना सेवाग्राहीले लिए पुनः श्रम स्वीकृति

काठमाडौं ।

वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट आइतबारदेखि शुरु भएको अनलाइन  प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्न थालिएपछि पहिलो दिन ८ सय ५५ जना सेवाग्राहीले पुनः श्रम स्वीकृतिको सेवा लिएका छन्।

आइतवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सचिव एकनारायण अर्याल सहितको टोलीले कार्यालयमा अनलाइन प्रणालीबाट सुरु गरिएको पुनः श्रम स्वीकृति जारी गर्ने कार्यको अनुगमन गरेका थिए । सो क्रममा मन्त्री श्रेष्ठले श्रम स्वीकृतिलाई छिटो, छरितो र पारदर्शी रुपमा गुनासो रहित सेवाप्रवाह गर्न निर्देशन दिएका थिए।

मन्त्री श्रेष्ठले आफुले मन्त्रालयमा सुधारको अभियान सञ्चालन गरेको बताउँदै अनलाइन प्रणालीको सफलता महत्वपूर्ण उपलब्धि भएको बताए ।

यसअघि श्रम स्वीकृति नविकरणका लागि ४ चरणको व्यवस्थालाई २ चरणबाट सम्पन्न गर्ने गरिएको छ। कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ।

प्रकाशित: ३ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...