
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोले आफ्ना केही फ्ल्यागशिप मोडलहरुमा स्टेबल कलरओएस १२ अपडेट उपलब्ध गराएको छ।
सामान्यतया: अपडेटका लागि टाइमलाइन जारी गर्ने ब्रान्डले ती अपडेटहरुलाई केही तलमाथि गरेर उपलब्ध गराउँदा तालिका अनुरुप जाना भने असहज हुँदै गएको छ।
यस हिसाबले ब्रान्डका बारेमा आवश्यक नयाँ नयाँ जानकारीका लागि ओपोको आधिरकारिक कम्युनिटी फोरमलाई अनुसरण गर्नुपर्ने देखिएको छ।
यही कम्युनिटी फोरमका अनुसार एन्ड्रोइड १२ मा आधारित स्टेबल कलरओएस १२ को अपडेट ओपो ब्रान्डका निम्न क्षेत्रका निम्न स्मार्टफोनहरुमा उपलब्ध भएको छ:
ओपो एफ१९ प्रो+ फाइभजी – इन्डोनेसिया फर्मवेयर भर्सन सी. १४
ओपो रेनो६ जेड फाइभजी – क्याम्बोडिया, थाइल्याण्ड, भियतनाम, यूएई फर्मवेयर भर्सन सी.१४
ओपो ए३७ फाइभजी – साउदी अरेबिया फर्मवेयर भर्सन एफ. १४
यदि तपाईँहरु यी स्थानमा हुनुहुन्छ र यी उल्लिखित स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने सेटिङ्समा गएर सफ्टवेयर अपडेटमा हेर्न सकिन्छ। यो अपडेट चरणबद्ध रुपमा आउने भएकाले सबैको सेटमा एकै पटक नआउन पनि सक्छ।
प्रकाशित: ३ माघ २०७८, सोमबार