
काठमाडौं ।
मंसिर महिनामा मोबाइल वालेट मार्फत् १ करोड ३० लाख ८८ हजारभन्दा बढी सङ्ख्यामा कारोबर भएको छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको मासिक प्रतिवेदन अनुसार कार्तिक मसान्तसम्ममा मोबाइल वालेटमार्फत गरिएको कारोबार संख्या १ करोड ३० लाख ३० हजार ८०४ रहेकोमा यो संख्या थोरै बढेर मंसिर मसान्तमा आइपुग्दा १ करोड ३० लाख ८८ हजार ५४३ पुगेको छ।
यो संख्या एक महिना अघि अर्थात् कार्तिकको तुलनामा ५७ हजार ७४० ले बढी हो।
आर्थिक वर्ष २०७८/७९ को शुरुवाती तीन महिनामा सामान्य हिसाबले बढ्लै गइरहेको कारोबार रकम र सङ्ख्या चाैथो महिना अर्थात् कार्तिकमा नराम्ररी खस्केको थियो।
तर पाँचाैं महिनामा आइपुग्दा भने रकम र सङ्ख्या दुवैमा केही बढोत्तरी भएको देख्न पाइएको छ।
मोबाइल वालेटमार्फत् कार्तिक मसान्तसम्म १३ अर्ब ९४ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएकामा मंसिर मसान्तसम्मको एक महिनाको अवधिमा भने हल्क बढेर १५ अर्ब ५२ करोड ८० लाख रुपैयाँमा पुगेको छ।
एक महिनाअघिको तुलनामा यो आँकडा १ अर्ब ५७ करोड ९० लाख रुपैयाँले बढी हो।
प्रकाशित: ३ माघ २०७८, सोमबार