स्थानीय तहमा वैकल्पिक माध्यमबाट पठनपाठन गरिँदै

  • Technology Khabar | २ माघ २०७८, आईतवार
स्थानीय तहमा वैकल्पिक माध्यमबाट पठनपाठन गरिँदै
सांकेतिक

काठमाडौं ।

सिन्धुलीमा कोरोना भाईरसको सङक्रमण जोखिम बढेसँगै बन्द गरिएका सामुदायिक विद्यालयले बैकल्पिक माध्यमबाट पठनपाठन सुरु गरेका छन् ।

कोरोना भाईरसको सङक्रमण जोखिम बढेसँगै माघ १५ गतेसम्म बन्द गरिएका सामुदायिक विद्यालयले विद्यार्थीलाई पढाईसँग बैकल्पिक माध्यमबाट पढाई सुरु गरेको जनाएका छन्। त्यसका लागि सामुदायिक विद्यालयहरुले १५ दिने शैक्षिक क्यालेण्डर बनाएका छन्।

कमलामाई नगरपालिका–१३ स्थित प्रभात माध्यमिक विद्यालय रानीबासले विदाको सदुपयोग गर्न कक्षा १ देखि ७ सम्मका विद्यार्थीलाई गृहकार्य दिएर पठाएको जनाएको छ।

विद्यालयका प्रधानाध्यापक अरुणकुमार थिङले भने, ‘पहिलो चरणमा कक्षा ७ सम्मका विद्यालर्थीलाई प्रत्येक विषयको १० वटाका दरले प्रश्नपत्र तयार गरी दिएर पठाएका छौं । कक्षा ८ देखि १२ का विद्यार्थीलाई पनि तयारी गर्दैछौं।’

विदाको समयमा गृहकार्य र घुम्ती कक्षामा जोड दिएको जानकारी दिँदै उनले एक साताका लागि सबै कक्षाका विद्यार्थीलाई गृहकार्य दिएको बताए। त्यसपछि टोलैपिच्छे गएर घुम्ती कक्षा सञ्चालन गर्ने योजना बनाएको पनि उनले जानकारी दिए।

कमलामाई नगरपालिका– ५ स्थित जनज्योती मावि फोस्रेटारले पनि विदाको समयमा विद्यार्थीलाई पढाईसँग जोड्न शैक्षिक क्यालेण्डर बनाएको छ। त्यस समयमा कक्षाको तह हेरी अनलाइन कक्षा सञ्चालन, अर्धवार्षिक परीक्षाको उत्तरपुस्तिका जाँच गरी नतिजा प्रकाशन, रिपोर्ट कार्ड भर्ने, विद्यालयको वार्षिक योजना तथा अन्यको मध्यावधि मुल्याङकनलगायतका काम गर्ने योजना बनाएको विद्यालयले जनाएको छ।

विद्यार्थीलाई स्वास्थ्य मापदण्ड पालना गर्न लगाई बोलाएर दुई साताको गृहकार्य दिएर पठाएको सहायक प्रधानाध्यापक योगेन्द्र अधिकारीले बताए।

जिल्लाका अन्य स्थानीय तहले पनि विद्यालय बन्दको समयमा बैकल्पिक पठनपाठनको व्यवस्था मिलाएको बताएका छन्। विदा अवधिमा सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको सिकाईमा आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाएको गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापाले बताए। गोरखापत्र

प्रकाशित: २ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार