अदालतको अल्पकालिन अन्तरिम आदेशसँगै दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको पदपूर्ति रोकियो

  • Technology Khabar | ३० पुष २०७८, शुक्रबार
अदालतको अल्पकालिन अन्तरिम आदेशसँगै दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको पदपूर्ति रोकियो
लोकसेवा आयोगको अनामनगरस्थित कार्यालय। फाइल तस्बिर

काठमाडौं ।

लोकसेवा आयोगले नेपाल दूरसञ्चार प्राधिकरणसहितका संगठित संस्थाहरुको कर्मचारी भर्ना तथा पदपूर्ति हालको लागि स्थगित गरेको छ।

लोकसेवा आयोगले आजै सार्वजनिक सूचना प्रकाशित गर्दै तोकिएका विज्ञापनहरुको बारेमा अदालतले अन्तरिम आदेश जारी गरेसँगै सो पदपूर्ति हालको लागि रोकिएको जानकारी दिएको छ।

आयोगले प्राधिकरणसहित नेपाल टेलिकम राष्ट्रिय बाणिज्य बैंक, नेपाल प्रहरी, नेपाल राष्ट्र बैंकका पदपूर्तिलगायतका कार्यहरु हालको लागि स्थगित गरेको हो।

विभिन्न अदालतहरुमा सो विषयमा मुद्दा चलिरहेको सन्दर्भमा आयोगले हालका लागि सो पदपूर्ति रोकेको जानकारी दिएको छ।

यसअघि प्राधिकरणको आन्तरिक कार्यक्षमता मूल्यांकनमार्फत हुने बढुवा  तथा पदपूर्तिको विषयमा उपनिर्देशक विनोदचन्द्र श्रेष्ठसहितले उच्च अदालत पाटनमा मुद्दा दायर गरेसँगै अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरिसकेको छ। सो मुद्दामा आदेशअनुसार तोकिएको पदपूर्तिको कार्यमा हालको लागि दरखास्त लिने बाहेकका अन्य कामहरु रोक्न भनिएको छ।

सम्बन्धित समाचार-

दूरसञ्चार प्राधिकरणको बढुवा प्रकृया विरुद्धको मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश

हाल सो मुद्दाको विषयमा अदालती प्रकृया चलिरहेको हुँदा स्थगित भएको छ भने नेपाल टेलिकमको पदपूर्तिको विरुद्धमा त्यहाँ कार्यरत इन्जिनियर पिन्टुकुमार कर्णले रिट दायर गरेका थिए।

सो बारेमा समेत सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको थियो।

यसबाहेक अन्य पदपूर्तिहरुमा समेत अदालतमा मुद्दा चलिरहेको छ।

सोहि कारण अदालती मुद्दाको छलफल टुंगोमा नलागेसम्मका लगि सो पदपूर्तिका कार्यहरु रोक्ने आदेश आएसँगै आयोगले पदपूर्तिहरु रोकेको हो ।

यी सबै पदपूर्तिका मुद्दाहरुमा आयोगलाई समेत विपक्षी बनाईएको थियो भने सोही आदेशअनुसार आयोगले पदपूर्ति रोकेको उल्लेख गरेको छ।

यस बाहेकका अन्य विज्ञापनअनुसारका पदपूर्तिहरु भने यथावत रहेको जनाएको छ।

हेर्नुस् आयोगको सूचना-

Notice_14-Jan-2022_15-59-59

प्रकाशित: ३० पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...