गृह मन्त्रालयकाे नाममा निकालिएको नक्कली विज्ञप्ति बारे साइबर व्यूरोले अनुसन्धान गर्दै

  • Technology Khabar | १८ पुष २०७८, आईतवार
गृह मन्त्रालयकाे नाममा निकालिएको नक्कली विज्ञप्ति बारे साइबर व्यूरोले अनुसन्धान गर्दै
फाइल तस्विर

काठमाडौं ।

तमु ल्हाेसारकाे विदाकाे विषयमा गृह मन्त्रालयकाे लेटर हेडमा निकालिएका नक्कली विज्ञप्तिको सम्बन्धमा प्रहरीले डीएसपीकाे नेतृत्वमा अनुसन्धान शुरू गरेकाे छ।

गत पुस १० गते तमु ल्हाेसारकाे विदाबारे सरकारले निर्णय गर्नु अघि नै गृह मन्त्रालयको नक्कली विज्ञप्ति समाजिक सञ्जालमा फैलिएकाे थियाे।

साइबर व्यूरोले नक्कली विज्ञप्ति निकाल्नेलाई पक्राउन नगरेकाे तर यस विषयमा अनुसन्धान थालेको व्यूरोका प्रवक्ता नविन्द अर्यालले बताए।

उनका अनुसार डिएसपीको संयोजकत्वमा अनुसन्धान टोली गठन गरी काम अगाडि बढेको छ।

तमू ल्होसारको सार्वजनिक बिदासम्बन्धी सूचना गृह मन्त्रालयको लेटर हेडमा मिति संशोधन गरी सामाजिक सञ्जालमा सेयर भएको थियो। पछि बिदाबारे गृहले सक्कली विज्ञप्ति निकालेकाे थियाे। -गोरखापत्रबाट

प्रकाशित: १८ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार