मोबाइल एपबाट बैंकिङ्ग सेवा दिने मोन्जोमा टेन्सेन्टको लगानी

  • Technology Khabar | १७ पुष २०७८, शनिबार
मोबाइल एपबाट बैंकिङ्ग सेवा दिने मोन्जोमा टेन्सेन्टको लगानी

काठमाडौं ।

चिनियाँ गेमिङ र सामाजिक सञ्जाल कम्पनी टेन्सेन्ट होल्डिङ्स लिमिटेडले बेलायतको मोन्जोमा कोष सङ्कलनका लागि सानो सेयर लिएको छ। कम्पनीलाई ४.५ अर्ब डलरको मूल्याङ्कन गरेको केही हप्तापछि मात्रै डिजिटल बैंकले शुक्रबार बताएको हो।

मोबाइल एपबाट बैंकिङ्ग सेवा दिने कम्पनी मोन्जोले टेन्सेन्टको हिस्सेदारीको विवरण खुलासा गरेनन्, तर स्काई न्यूजले शुक्रबार रिपोर्ट गरेअनुसार चिनियाँ फर्मको सो प्रक्रियाको नजिकको स्रोतलाई उद्धृत गर्दै १० करोड डलर बराबरको सानो पूँजी लगानी गरिरहेको थियो।

सन् २०१५ मा स्थापित, मोन्जो ५० लाख भन्दा बढी ग्राहकहरुका साथ एक उच्च-प्रोफाइलयुक्त नयाँ डिजिटल बैंक हो। तर यो कम्पनी नाफा गर्न संघर्ष गरिरहेको छ।

यस महिनाको सुरुमा, मोन्जोले अबु धाबी ग्रोथ फन्ड र कोआट्यू जस्ता लगानीकर्ताहरूबाट कोष प्राप्त गरेको थियो।

टेन्सेन्टले इलेक्ट्रिक कार निर्माता टेस्ला इंक र फोटो-मेसेजिङ एप निर्माता स्न्याप इंक सहित प्रमुख अमेरिकी प्राविधिक कम्पनीहरूमा लगानी गरेको छ।

प्रकाशित: १७ पुष २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sri Lanka arrests 1,093 foreigners in cybercrime crackdown in 2026

  • Technology Khabar
  • १७ पुष २०७८, शनिबार