
काठमाडौं ।
मेसेजिङ एप टेलिग्रामले आफ् प्लेटफर्ममा केही नयाँ फिचरहरु थपेको छ।
यी सबै फिचरहरु एन्ड्रोइड तथा आईओएस दुवै अपरेटिङ सिस्टमका लागि उपलब्ध हुने बुझिएको छ।
यी रियाक्शनहरु फेसबुक मेसेन्जरमा रहेका जस्तै छन्। टेलिग्राममा रहेका रियाक्शनमा भने आईओएसका लागि रियाक्शन इमोजी पिकरमा केहीबेर थिच्नुपर्छ भने एन्ड्रोइडका हकमा भने एक पटक ट्याप गरे पुग्छ।
यी दुवै प्लेटफर्ममा मेसेजमा डबल ट्याप गर्दा भने थम्ब्स अप रियाक्शन जाने गर्दछ। तर डबल ट्याप गर्दा अन्य रियाक्शन जानेगरी आफैंले सेटिङ गर्न भने मिल्छ।
प्राइभेट च्याटका बेला रियाक्शन फिचर अन भइरहन्छ भने ग्रुप च्याटका बेला र च्यानलमा भने एडमिनसँग अन गर्ने नगर्ने विकल्प रहन्छ।
यस्तै नयाँ स्पोइलर फर्म्याटिङमार्फत् स्पोइलर हाइड गर्न सकिन्छ। यसका लागि मेसेजमा स्पोइलर राख्नुपर्ने भागमा थिचेर प्रयोग गर्न सकिन्छ। स्पोइलर भन्नाले मेसेजमा भएका केही शब्द वा वाक्यलाई अझ बढी व्याख्या गर्नु हो।
त्यसपछि यो च्याट, च्याट लिस्ट र नोटिफिकेशनबाट हाइड हुन्छ। यसलाई हेर्नुपरेमा स्पोइलरमा ट्याप गर्नुपर्छ।
यसका साथै एपको कन्टेक्स्ट मेनुमा नयाँ ट्रान्सलेट बटन थप गरिएको छ। मेसेज सेलेक्ट गरेपछि यसलाई एन्ड्रोइड तथा आईओएस १५ माथिका डिभाइसमा प्रयोग गर्न सकिन्छ।
प्रकाशित: १७ पुष २०७८, शनिबार