विद्युतीय भुक्तानी सेवा उपलब्ध भएका भन्सार कार्यालयमा आयातमा चेक जारी गर्न नपाईने

  • Technology Khabar | १६ पुष २०७८, शुक्रबार
विद्युतीय भुक्तानी सेवा उपलब्ध भएका भन्सार कार्यालयमा आयातमा चेक जारी गर्न नपाईने

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा उपलब्ध भएका भन्सार कार्यालयहरुमा आयातको हकमा चेक जारी गर्न नपाईने व्यवस्था गरेको छ।

केन्द्रिय बैंकले आज एक निर्देशन जारी गर्दै बैंक तथा वित्तिय संस्थाहरुका लागि आन्तरिक परिपत्र जारी गर्दै विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमा तोकिएअनुसार चेक जारी गर्न नपाईने उल्लेख गरेको हो।

विद्युतीय भुक्तानी सेवा प्रणाली लागू भई विद्युतीय माध्यमबाटमात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमार्फत् हुने आयातको हकमा चेक जारी गर्न नपाईने भएको हो। तर उल्लेखित धरौटी रकम भने लिनुपर्नेछ।

प्रकाशित: १६ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार