
काठमाडौं ।
टेस्लाले आफ्नो प्यासेन्जर प्ले फिचरमा परिवर्तन गर्न सहमत भएको छ जसले कार चलिरहेको बेला यसको टचस्क्रिनमा खेलहरू खेल्न अनुमति दिन्छ।
यसले अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासन(एनएचटिएसए)द्वारा सुरु गरिएको एक अनुसन्धानलाई पछ्याएको छ।
एजेन्सीले टेस्लाद्वारा सूचित गरिएको र सफ्टवेयर अपडेटले ड्राइभिङ गर्दा सुविधा असक्षम पार्ने बताएको थियो।
इलन मस्कको कार फर्मले यो सुविधा खतरनाक भएको भन्दै आलोचनाको सामना गर्नुपरेको थियो।
न्युयोर्क टाइम्सले रिपोर्ट गरेअनुसार टेस्लाले एनएचटिएसएलाई सीधा सम्पर्क गरेको थियो। “यात्रु प्ले अब लक हुनेछ र गाडी चलिरहेको बेला प्रयोग गर्न योग्य छैन,” एजेन्सीले भनेकोछ।
टेस्लाले यस विषयमा कुनै औपचारिक बयान जारी गरेको छैन्।
यस हप्ताको प्रारम्भमा शुरु भएको आफ्नो अनुसन्धानको घोषणा गर्दै, एनएचटिएसएले प्यासेन्जर प्लेले चालकलाई विचलित गर्न र दुर्घटनाको जोखिम बढाउन सक्ने बताएको थियो।
यद्यपि कारको टचस्क्रिनमा गेमहरू खेल्ने क्षमता ड्राइभरहरूका लागि लक्षित थिएन, र खेल्ने व्यक्तिलाई उनीहरू यात्रु हो भनेर पुष्टि गर्न सोधिएको थियो । तर त्यहाँ यसलाई प्रयोग गर्नबाट ड्राइभरलाई रोक्नको लागि केही थिएन।
सुरुमा यो सुविधा कार स्थिर हुँदा मात्र प्रयोगयोग्य थियो, तर कार चलिरहेको बेला गेमप्लेलाई अनुमति दिन डिसेम्बर २०२० मा परिवर्तन गरिएको थियो।
यो परिवर्तन टेस्लाका एक प्रयोगकर्ता र गाडी धनी भिन्स प्याटनले देखेका थिए, जसले एनएचटिएसएमा यसलाई “चरम लापरवाही” भनेर वर्णन गर्दै उजुरी दायर गरेका थिए।
एनएचटिएसएले अनुसन्धान शुरु गरेसँगै सो सुविधाले चालकलाई विचलित गर्न सक्छ र दुर्घटनाको जोखिम बढाउन सक्नेमा ध्यान केन्द्रित गरेको थियो।
यसको दिशानिर्देशहरूले बताउँछ कि इन-कार डिभाइसहरू डिसेन्जेज हुनुपर्दछ ताकि तिनीहरू ड्राइभरद्वारा गाडी चलाईरहेको समयमा प्रयोग गर्न सकिँदैन।
प्रकाशित: १० पुष २०७८, शनिबार