पर्सामा विद्युतीय राहदानीका लागि आवेदन लिन सुरु

  • Technology Khabar | ९ पुष २०७८, शुक्रबार
पर्सामा विद्युतीय राहदानीका लागि आवेदन लिन सुरु

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीसँग विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन लिन सुरु गरेको छ।

सेवाग्राहीले अनलाइनमार्फत भरिएको फारम लिएर जिल्ला प्रशासन कार्यालयमा स्वयं उपस्थित भई आवेदन दिनसक्ने गरी विद्युतीय राहदानीका लागि सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिइसकेका सेवाग्राहीले मात्रै विद्युतीय राहदानीका लागि आवेदन दिन सक्नेछन् ।

सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमा पुगेर आवेदन दिएपश्चात उक्त आधारमा तयार हुने विद्युतीय राहदानी निवेदन दिएको प्रशासन कार्यालयमार्फत केही सातापछि सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् ।

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार सेवाग्राहीले विद्युतीय राहदानी लिनका लागि सबै प्रक्रिया पूरा गरी आवेदन दिएमा नियमानुसार विद्युतीय राहदानी पाउने छन् ।

सेवाग्राहीले विद्युतीय राहदानीको आवेदनका लागि अनलाइन https://emrtds.nepalpassport.gov.np मार्फत फारम भरी जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गरेपश्चात केही सातापछि जिल्ला प्रशासन कार्यालयमार्फत विद्युतीय राहदानी पाउन सक्ने जनाएकोछ ।

प्रकाशित: ९ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार