इन्टेलको ‘नान्ड’ व्यवसाय अधिग्रहण गर्न एसके हाइनिक्सले पायो चीनको स्वीकृति

  • Technology Khabar | ८ पुष २०७८, बिहीबार
इन्टेलको ‘नान्ड’ व्यवसाय अधिग्रहण गर्न एसके हाइनिक्सले पायो चीनको स्वीकृति

काठमाडौं ।

दक्षिण कोरियाली चिपमेकर एसके हाइनिक्सले चिनियाँ एन्टिट्रस्ट अर्थोरिटीबाट इन्टेल कर्पको नान्ड र एसएसडी (सोलिड-स्टेट ड्राइभ) व्यवसायको ९ अर्ब डलर अधिग्रहणको लागि मर्जर क्लियरेन्स प्राप्त गरेको बताएको छ। यो अनुमतिसँगै आठ क्षेत्राधिकारहरूमा नियामक स्वीकृति प्राप्त गर्ने अन्तिम बाधालाई हटाएको छ।

गत अक्टोबरमा, अमेरिकी चिप जायन्ट र एसके हाइनिक्स अधिग्रहण सम्झौतामा पुगेका थिए। सम्झौतापछि, एसके हाइनिक्सले दक्षिण कोरिया, अमेरिका, युरोपेली संघ, ताइवान, ब्राजिल, बेलायत र सिंगापुरका वाचडग एजेन्सीहरूबाट स्वीकृति प्राप्त गरेको छ।

एसके हाइनिक्सले आफ्नो विज्ञप्तिमा भन्यो, “एसके हाइनिक्सले सम्झौताको लागि सरकारी प्रशासनको बजार नियामकले दिएको मर्जर क्लियरेन्सलाई ईमानदारीपूर्वक स्वागत र प्रशंसा गर्दछ। एसके हाइनिक्सले मर्जरपछिको एकीकरण प्रक्रियालाई निरन्तरता दिई नान्ड फ्ल्याश र एसएसडी व्यवसायको प्रतिस्पर्धात्मकता बढाउनेछ।”

यो अधिग्रहण एसके हाइनिक्सको सबैभन्दा ठूलो अधिग्रहण सम्झौता हो। एसके हाइनिक्सलाई आफ्नो नान्ड एसएसडी व्यवसाय विस्तार गर्न र बजार नेता सामसङ इलेक्ट्रोनिक्ससँगको खाडल कम गर्न मद्दत गर्नेछ।

यसैबीच, इन्टेलले आफ्नो अप्टेन (मेमोरी कार्ड) व्यवसायलाई थप उन्नत प्रविधिमा लगानी गर्न जारी राख्ने बताईसकेको छ। अमेरिकी कम्पनीले नान्ड एकाइलाई डाइभेस्ट गर्ने र फाइभजी नेटवर्क पूर्वाधार, आर्टिफिसियल इन्टेलिजेन्स र एज कम्प्युटिङलगायत प्रविधिको विकासमा दोब्बर लगानी गर्ने योजना बनाएको छ।

एसके हाइनिक्सले यस वर्षको अन्त्यसम्ममा ७ अर्ब डलर र बाँकी २ अर्ब डलर मार्च २०२५ सम्ममा चुक्ता गर्ने एसके हाइनिक्सका प्रवक्ताले पुष्टि गरेका छन्। एक पटक सम्झौता पूरा भएपछि, दक्षिण कोरियाली चिपमेकरले इन्टेलको नान्ड एसएसडी, नान्ड कम्पोनेन्ट र वेफर व्यवसायहरू (नान्ड-सम्बन्धित बौद्धिक सम्पत्ति र कर्मचारीहरू सहित), र डालियानमा रहेको यसको नान्ड मेमोरी निर्माण सुविधा अधिनमा लिनेछ।

चिनियाँ नियामकले अनुमति दिएपनि आगामी ५ वर्षसम्म पुरा गर्नुपर्ने शर्तहरु तोकिएको छ।

प्रकाशित: ८ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...