टेस्लाविरुद्ध थप ६ महिलाद्वारा याैन दुराचारको मुद्दा दायर

  • Technology Khabar | २ पुष २०७८, शुक्रबार
टेस्लाविरुद्ध थप ६ महिलाद्वारा याैन दुराचारको मुद्दा दायर

काठमाडौं ।

क्यालिफोर्नियाको फ्रेमन्टमा रहेको टेस्लाको कार्यालय तथा सर्भिस सेन्टरमा काम गर्ने थप ६ महिलाले कम्पनीका विरुद्ध याैन दुराचारको मुद्दा दायर गरेका छन्।

वाशिङ्टन पोस्टको रिपोर्ट अनुसार ६ जनामध्ये प्रत्येक महिलाले अल्मेडा काउन्टीमा रहेको क्यालिफोर्निया सुपेरियर कोर्टमा अलग अलग मुद्दा दायर गरेका हुन्। उनीहरुले आफूहरु कार्यक्षेत्रमा योन दुराचारको शिकार भएको आरोप लगाएका छन्।

यी नयाँ मुद्दा कम्पनीविरुद्ध उस्तै प्रकृतिको २ ओटा मुद्दा दायर भएको १ महिना नबित्दै हालिएका हुन्।

६ जना महिलाले नै उनीहरुका पुरुष सहकर्मीले बारम्बार आफ्ना लुगा र शरीरका बारेमा विभिन्न टिप्पणी गर्ने तथा जानाजानी छुने पनि गरेको आरोप लगाएका छन्। तीमध्ये केहीले त आफ्ना शरीर ढाक्नका लागि ठूला कपडासमेत लगाउन थालेका उजुरीमा उल्लेख गरेका छन्।

जेसिका ब्रूक्स नामकी एक महिलाले त दुराचार बाट बच्नका लाग आफ्नो छातिमा शर्ट बेरेर पिठ्यूँसम्म छोप्नुपरेको थियो। यसबाहेक उनले आफ्नो कार्यस्थललाई समेत बाकसहरुले घेरेर राखेकी थिइन्।

यस्तै इडेन मेडेरोस नामक अर्की महिलाले द पोस्टलाई बताए अनुसार मोडल वाईको घोषणा भएपछि स्थिति अझ नाजुक हुँदै गएको हो।

टेस्लाका सीईओ इलन मस्कले मोडल एस, ३, एक्स र वाईको अंग्रेजी संक्षिप्त रुपलाई लिएर बनाएको नयाँ शब्दले यसमा अझ मसलाको काम गरेको थियो।

त्यसबाहेक मस्कले बेला बेला ठट्टाका रुपमा ६९ तथा ४२० लगायत अन्य शव्दावलीहरु प्रयोग गर्ने हुनाले अन्य कर्मचारीहरुलाई अझ उकासेको आरोप लगाएकी छिन्।

प्रकाशित: २ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार