
काठमाडौं ।
अमेरिकी अटोमेकर कम्पनी फोर्डले आफ्ना व्यावसायिक ग्राहकहरूलाई इभी चार्जिङ स्थापना उपकरण र सफ्टवेयर व्यवस्थापन टूलहरू बेचेर विद्युतीय सवारी साधनहरूमा स्विच गर्न मद्दत गर्न एउटा नयाँ परियोजना सुरु गर्ने भएको छ।
अटोमेकरले व्यवसाय र सरकारी निकायलाई आगामी दशकमा तीन लाखभन्दा बढी इलेक्ट्रिक भेहिकल बिक्री गर्ने अपेक्षा गरेको छ। यो रुपान्तरणलाई सहज बनाउनका लागि मद्दत गर्न फोर्डले फोर्ड प्रो चार्जिङ नामक नयाँ परियोजना सुरु गर्दैछ, जसले तिनीहरूको विद्युतीय सवारी साधनको चार्जिङमा सहयोग गर्न आवश्यक सफ्टवेयर र हार्डवेयर प्रदान गर्दछ।
फोर्डका व्यावसायिक सवारी साधनहरू अटोमेकरको टेलिमेटिक्स सफ्टवेयरका साथमा आउनेछन्, जसले फ्लीट मालिकहरूलाई स्थान, चार्जिङ स्थिति, वा तिनीहरूको सवारी साधनको स्वास्थ्य अबस्था बारे जानकारीहरु राख्न सजिलो बनाउँछ। यो सफ्टवेयरले कमर्शियल फ्लीट अपरेटरहरूलाई कहिले, कहाँ, र कति पटक आफ्नो इभीहरु चार्ज गर्न आवश्यक छ भन्ने कुरा पत्ता लगाउन मद्दत गर्नेछ । यो सफ्टवेयर टूल खर्च भइरहेको ऊर्जाको प्रकारहरूमा निर्भर गर्दछ।
उदाहरणका लागि, एक ग्राहक जसले विद्युतीय फोर्ड एफ १५० लाइटिङ प्रो ट्रकलाई सामग्रीहरू उठाउन प्रयोग गरिरहेको छ, उसले डेलिभरीको लागि प्रयोग गरिएको फोर्ड ई-ट्रान्जिट भ्यान भन्दा बढी ब्याट्री पावर प्रयोग गर्न सक्छ, र त्यसैले धेरै पटक चार्ज गर्नुपर्ने हुन सक्छ।
फोर्डको फ्लीट सफ्टवेयरले अपरेटरहरूलाई विद्युतीय सवारीसाधनमा स्विच गर्दा देखापर्न सक्ने केही अपरम्परागत समस्याहरू समाधान गर्न पनि मद्दत गर्ने बताईएको छ। उदाहरणका लागि, केही कामदारहरूले राति आफ्नो फ्लीट गाडी घरमा लैजान्छन्, चार्ज आफै भर्छन् र आफ्नो रोजगारदाताबाट क्षतिपूर्ति पाउँछन्।
फोर्ड प्रो चार्जिङ ग्राहकहरूले कम्पनीको सफ्टवेयर प्लेटफर्मको सदस्यता लिनेछन् र यसबाट फोर्डले पुनरावर्ती राजस्वको रूपमा सदस्यता शुल्क गणना गर्न सक्षम हुनेछ।
फोर्डले चार्जिङ स्टेशनहरू स्थापना गर्न पनि मद्दत गर्नेछ, चाहे ग्राहकको घरमा होस् वा फ्लीट गाडीहरूको डिपोमा। कम्पनीले ग्राहकको आवश्यकता अनुसार एसी वा डीसी फास्ट चार्जिङ पोर्टहरू स्थापना गर्ने जनाएको छ।
प्रकाशित: २ पुष २०७८, शुक्रबार