
काठमाडौं ।
रिटेल चेन साथीमार्टको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा हमालले मार्टसँगको आबद्दतामा हस्ताक्षर गरेका हुन् ।
काठमाडौंमा मात्र मार्ट सफल हुन सक्छ भन्ने परम्परालाई हटाउँदै साथीमार्ट सुरुवातको १६ महिनामा सातै प्रदेशका सहरमा ७ दर्जन बढी आउटलेट सन्चालन गर्दै काँकरभिट्टादेखि दार्चुला अनि जिरी देखि ढल्केबर पुग्न सफल भएको जानकारी दिएको छ।
२०७७ भदौ ३० गते पहिलो आउटलेट खोलेर सुरु भएको नेपालकै फास्टेस्ट ग्रोइङ भएको कम्पनीको दाबी छ।
बेरोजगार तथा नेपालमै बसेर केहि गरौं भन्ने सोच भएका युवाहरुलाई लक्षित गरि साथीमार्टले बिना लगानी व्यापार सुरु गर्न सकिने साथै रेफर एण्ड अर्न गर्ने गरि ’साथीमार्ट एफिलिट स्टार्टअप प्लान’ सुरु गरी यहि वर्ष कम्तिमा ३० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य रहेको छ। जस अन्तर्गत साथी प्रडक्सनका उत्पादन र साथीमार्टमा उपलब्ध अन्य सामान रेफर गरि तीस प्रतिसत सम्म आम्दानी गर्न सकिने जानकारी दिएको छ।
साथीमार्टको आधिकारिक वेबसाइट Saathimart.com मा आफुलाई आवस्यक सामान अर्डर गर्न सकिन्छ। हाल मोबाइलमा एण्ड्रोइड भर्सनमा साथीमार्टको मोबाइल एप उपलब्ध छ भने छिट्टै आइओएसमा पनि एप उपलब्ध हुने साथीमार्टका संस्थापक सिइओ पोख्रेलले बताए।
साथीमार्ट प्रशासन सबै मार्टमा यस आर्थिक बर्षमा ३०० प्रतिशत सम्मको बिक्री बढाउने योजनामा रहेको छ। बिक्री बढाउन छुट, नेशनल कस्टमर मेम्बरसिप, एफिलिएट मार्केटिङ, नयाँ अफर, फल्यास सेल्स, मेड इन नेपाल कलेक्सन, पिक अप सुबिधा र अन्लाइन सेल्सलाई प्राथमिकता दिइएको बताइएको छ। त्यस्तै आउटलेटमा मेड इन नेपाल कलेक्सनलाई जोड दिइएको छ।
साथीमार्टको यसै बर्ष थप २ सय र ३ बर्षमा नेपाल भर हजार आउटलेट खोल्ने लक्ष्य रहेको जनाएको छ।
प्रकाशित: १ पुष २०७८, बिहीबार