मोबाइल वालेट मार्फत् गरिएको कारोबार सङ्ख्या र रकममा उल्लेख्य रुपमा गिरावट

  • Technology Khabar | १ पुष २०७८, बिहीबार
मोबाइल वालेट मार्फत् गरिएको कारोबार सङ्ख्या र रकममा उल्लेख्य रुपमा गिरावट

काठमाडौं ।

कार्तिक महिनाभरी मोबाइल वालेट मार्फत् १ करोड ३० लाखभन्दा हाराहारी सङ्ख्यामा कारोबर भएको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मासिक प्रतिवेदन अनुसार कार्तिक मसान्तसम्ममा मोबाइल वालेटमार्फत गरिएको कारोबार संख्या १ करोड ३० लाख ३० हजार ८०४ रहेको छ।

यो सङ्ख्या अघिल्लो महिना अर्थात्  असोज महिनाभरी आइपुग्दा १ करोड ३५ लाख ६५ हजार ५४ रहेको थियो।

यो संख्या एक महिना अघि अर्थात् असारको तुलनामा ६ लाख ३९ हजार ५९७ ले बढी हो।

सर्वसाधारणमा डिजिटल कारोबारप्रतिको लगाव बढ्दै जान थाले पनि वैशाखको आधाआधीमा कोरोना महामारीका कारण निषेधाज्ञा शुरु भएकाले पनि यो सेवा प्रभावित बनेको थियो।

वालेटमार्फत् असोज मसान्तसम्म १५ अर्ब १८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएकामा कार्तिक मसान्तसम्मको एक महिनाको अवधिमा भने १३ अर्ब ९४ करोड ९० लाख रुपैयाँमा झरेको छ।

एक महिनाअघिको तुलनामा यो आँकडा १ अर्ब २३ करोड ८० लाख रुपैयाले कम हो।

प्रकाशित: १ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...