सामसङद्वारा नयाँ ‘डिभाइस एक्स्पेरियन्स डिभिजन’ को स्थापना

  • Technology Khabar | २८ मंसिर २०७८, मंगलवार
सामसङद्वारा नयाँ ‘डिभाइस एक्स्पेरियन्स डिभिजन’ को स्थापना

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सले आफ्नो मोबाइल तथा एप्लायन्स मर्ज गरेर हालसालै डिभाइस एक्स्पेरियन्स डिभिजन बनाएको छ।

अघिल्लो हप्ता कम्पनीले आफ्नो कन्जुमर इलेक्ट्रोनिक्स तथा आज्ञटी र मोबाइल कम्युनिकेशन डिभिजनलाई एकै ठाउँमा गाभेको घोषणा गरेको थियो।

त्यसबेला उक्त विभागको नेतृत्व यसअघि भिजुयल डिसप्ले बिजनेस विभागका प्रमुख रहिसकेका हान जोङ हीलाई नयाँ सीईओका रुपमा कार्यभार सुम्पिएको थियो।

यो नयाँ नामसहितको विभागले कम्पनीको आफ्ना उपभोक्तालाई नयाँ तथा अर्थपूर्ण अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाउने आकलन गरिएको छ। यसबाहेक कम्पनीले दीर्घकालीन तथा भविष्यउन्मुख व्यवसाय संरचना तथा मजबुत वैश्विक नेतृत्वको छनक पनि देखाएको बुझ्न सकिन्छ।

डीएक्स डिभिजन सामसङको व्यवसायको दुई खम्बामध्ये एक भएको र यस अन्तर्गत भिजुयल डिस्प्ले बिजनेस, डिजिटल एप्लायन्स बिजनेस, हेल्थ एन्ड मेडिकल इक्विपमेन्ट बिजनेस, एमएक्स बिजनेस तथा नेटवर्क बिजनेस रहेका छन्।

मोबाइल एक्सपेरियन्सको संक्षिप्त रुप एमएक्स डिभिजन सामसङको मोबाइल फोन तथा ट्याब्लेटको काम गर्ने विभाग हो। त्यस्तै डीएस डिभिजन सीईओ क्युङ के-ह्युनको नेतृत्वमा रहेको र विशेष गरी सेमिकन्डक्टर व्यवसायसँग सम्बन्धित छ।

प्रकाशित: २८ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार