फास्ट चार्ज गर्दा इलेक्ट्रिक भेहिकलको लिथियम-आयन ब्याट्रीमा असर

  • Technology Khabar | २५ मंसिर २०७८, शनिबार
फास्ट चार्ज गर्दा इलेक्ट्रिक भेहिकलको लिथियम-आयन ब्याट्रीमा असर
सांकेतिक तस्विर

काठमाडौं ।

ब्याट्री फास्ट चार्जिङ त्यो फिचर हो, जसले गर्दा छोटो समयमा नै ब्याट्री चार्ज गर्दछ र यो सुन्दा खुसी लाग्छ तर यसका बेफाइदा पनि भइरहेका छन् र विशेष गरी विद्युतीय सवारीमा।

नयाँ अनुसन्धानका अनुसार इलेक्ट्रिक भेहिकल (ईभी)मा रहेको फास्ट चार्जिङ सिस्टमले यसको ब्याट्री बिग्रिरहेको छ। त्यसैले सवारीसाधन चार्ज गर्न बढी समय दिनु बाध्यता हुनेछ।

ईभीको ब्याट्रीले केही मिनेटमै चार्ज गर्ने प्रविधि अपनाएमा छिट्टै चार्ज हुन्छ, तर छिट्टै नोक्सान हुने खतरा हुन्छ। यो अध्ययन ‘द इलेक्ट्रोकेमिकल सोसाइटी जर्नल’ मा प्रकाशित भएको छ।

अमेरिकी ऊर्जा विभागको अर्गोन राष्ट्रिय प्रयोगशाला र युनिभर्सिटी अफ इलिनोइस अर्बानाको संयुक्त नयाँ अनुसन्धानमा वैज्ञानिकहरूले ब्याट्री चार्ज गर्ने र डिस्चार्ज गर्ने प्रक्रियाबारे अनुसन्धान गरेका छन्। यसमा फास्ट चार्जिङका क्रममा ब्याट्रीमा हुने नोक्सानको बारेमा बताइएको छ।

लिथियम-आयन ब्याट्रीहरूमा पोजिटिभ चार्ज गरिएको क्याथोड र नेगेटिभ चार्ज गरिएको एनोड हुन्छ, जसलाई इलेक्ट्रोलाइट नामक मटेलियलद्वारा अलग गरिन्छ। तिनीहरू बीच लिथियम आयनहरू सार्छ। यी ब्याट्रीहरूमा हुने एनोड सामान्यतया पेन्सिलहरूमा प्रयोग हुने ग्रेफाइटबाट बनेको हुन्छ।

लिथियम-आयन ब्याट्रीहरूमा, ग्रेफाइटलाई साना कणहरूबाट बनाइन्छ।
यी कणहरू भित्र लिथियम आयनहरूले इन्टरकलेक्सन भनिने प्रक्रियामा आफूलाई संलग्न गर्न सक्छन्।

जब अन्तरक्रिया ठीकसँग हुन्छ, ब्याट्री चार्ज र डिस्चार्ज ठीकसँग हुन्छ।
जब ब्याट्री फास्ट चार्जरको साथ धेरै छिटो चार्ज हुन्छ, इन्टरकेलेसन नामक एक प्रक्रियामा समस्या हुन्छ र लिथियम आयनहरू सजिलैसँग ग्रेफाइटमा प्रवेश गर्नुको सट्टा एनोडको सतहमा जम्मा हुन्छन्। नतिजाको रूपमा, एनोड आफैं केही हदसम्म अपरिवर्तनीय विस्तारबाट गुज्रन्छ र ब्याट्रीको कार्यसम्पादनलाई बिगार्छ।

एनोडको सतहमा लिथियम आयनहरूको संचय हुनुलाई प्लेटिङ प्रभाव भनिन्छ। अध्ययन गर्ने अर्गोनका ब्याट्री वैज्ञानिक डेनियल अब्राहमले छिटो चार्ज गर्दा ब्याट्री बिग्रनुको कारण प्लेटिङ इफेक्ट रहेको बताए ।

अब्राहमले भने, “हामीले जति छिटो गाडीको ब्याट्री चार्ज गर्छौं, त्यति नै एनोड स्वचालितरुपमा अव्यवस्थित हुन्छ र जसले लिथियम आयनलाई अगाडी बढ्नबाट रोक्छ।”

यस अध्ययनको उद्देश्य ग्राफिटे पार्टिकल्स सुधार गर्न र यसबाट उद्योग र ग्राहकहरुलाई यसको हानिबाट जोगाउनु रहेको थियो।

प्रकाशित: २५ मंसिर २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार