
काठमाडौं ।
एन्टिभाइरस सफ्टवेयर निर्माता नर्टनले अर्को वर्ष साइबर आक्रमण र क्रिप्टो स्क्याम बढ्न सक्ने दाबी गरेको छ। कम्पनीका अनुसार स्क्याम गर्नेहरूले प्राकृतिक प्रकोपका पीडितहरूलाई लक्षित गर्ने प्रयास गर्न सक्छन्। यसबाट बच्न अनलाइन सुरक्षा बढाउन जरुरी छ।
क्रिप्टोकरेन्सी बजारमा नयाँ लगानीकर्ताहरूको संख्या अर्को वर्ष तीव्र रूपमा बढ्ने अपेक्षा गरिएको छ र यसले थप स्क्यामहरू निम्त्याउन सक्छ। प्रयोगकर्ताहरूको लगइन विवरणहरू चोरी गर्न फिसिङ अभियान वा प्रविधि सपोर्टको आडमा ठगीका घटनाहरू पनि बढ्ने अनुमान गरिएको छ।
नर्टनले अर्को वर्षको लागि केही साइबर सुरक्षा पूर्वानुमानहरू दिएको छ। ती मध्ये, क्रिप्टोकरेन्सी स्क्यामहरूमा वृद्धि शीर्ष स्थानमा हुने बताएको हो। धेरै देशहरूले क्रिप्टोकरेन्सी सेगमेन्टलाई नियमन गर्ने योजना पनि बनाइरहेका छन्। क्रिप्टो बजारको थोरै ज्ञान भएका नयाँ लगानीकर्ताहरूको आगमनले स्क्यामरहरूलाई ठगी गर्न सजिलो बनाउन सक्छ।
नर्टनले भनेको छ, “स्क्यामरहरूले क्रिप्टो बजारको थोरै बुझाइमा मानिसहरूलाई सजिलै धोका दिन सक्छन्। नयाँ लगानीकर्ताको आगमनसँगै घोटालाको संख्या पनि बढ्ने अपेक्षा गरिएको छ। स्क्याम गर्ने धेरै तरिकाहरू पुराना हुन सक्छन् तर हामीले स्क्यामरहरूको बारेमा जान्नुपर्छ र यसमा नयाँ विधिहरू पनि प्रयोग हुने सम्भावना छ।”
महामारीको समयमा अनलाइन हुनु आवश्यक छ र सबै पहिचान कागजातहरू अनलाइन राख्दा पहिचान चोरी र अन्य स्क्यामहरू हुन सक्छ। नोर्टनकाअनुसार साइबर अपराधीहरूले लगइन विवरणहरू चोरी गर्न फिसिङ अभियानहरू प्रयोग गर्न सक्छन् वा प्राविधिक सपोर्ट प्रदान गर्ने नाममा धोखाधडी हुन सक्छ।
नोर्टनले ह्याकर कार्यकर्ता वा ह्याक्टिभिस्टहरूले उनीहरूको जानकारी राजनीतिक आक्रमण गर्न प्रयोग गर्ने आशंका समेत गरेको छ। “तिनीहरूले सरकारहरूलाई सताउन सक्छन्, डरको वातावरण सिर्जना गर्न सक्छन् वा गोप्य जानकारी खुलासा गर्न सक्छन्,” कम्पनीले उल्लेख गरेको छ।
यस वर्ष पनि केही त्यस्ता आक्रमण भएका छन् । स्क्यामरहरूले अर्को वर्षमा प्रकोपबाट प्रभावित मानिसहरूलाई लक्षित गर्न जारी राख्ने बताईएको छ। स्क्याम गर्नेहरूले यी पीडितहरूलाई बीमा कम्पनी वा सरकारबाट लुट्ने प्रयास गर्न सक्छन्। आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङले साइबर अपराध बढाउने नर्टनको विश्वास छ। यसले अपराधी र स्क्याम गर्नेहरूलाई धोखाधडी गर्न नयाँ उपकरणहरू प्रदान गर्न सक्छ। एजेन्सीका साथ
प्रकाशित: २५ मंसिर २०७८, शनिबार