
काठमाडौं ।
माइक्रो ब्लगिङ साइट ट्विटरले आफ्ना डीएम अर्थात् डाइरेक्ट मेसेजलाई अन्य मेसेजिङ एपसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन क्विल नामक कम्पनीको स्वामित्व लिन लागेको घोषणा गरेको छ।
क्विल आफैंमा एउटा मेसेजिङ एप हो जसले स्ल्याकजस्तो अन्य उत्पादकत्व मेसेजिङ प्लेटफर्म सँग प्रतिस्पर्धा गर्दै विभिन्न समूहहरुसँग सञ्चार तथा सहकार्य गर्दछ।
यसले मेसेजहरुलाई व्यवस्थित गर्नमा तथा बढी जोड दिने र यसको नोटिफिकेशन सिस्टम सकेसम्म कम नोटिफिकेशन होस् भन्ने हिसाबले डिजाइन गरिएको छ।
यो खबरसँगै अब ट्विटरले अझ मजबुत र सुधारिएको मेसेजिङ फिचर शुरुवात गरेमा आश्चर्य मान्नुपर्ने छैन। ट्विटरको डीएम इन्स्टाग्राम, फेसबुक मेसेन्जर, डिस्कर्ड तथा टेलिग्रामजस्ता अन्य मेसेजिङ प्लेटफर्मका तुलनामा सामान्य र सटिक रहेको छ।
Excited to share that today we’re welcoming @QuillChat to Twitter! ????????????????????????
— Nick Caldwell (@nickcald) December 7, 2021
ट्विटरको यो कदमले प्लेटफर्मका उच्च कार्यकारीको बिदाइ तथा प्लेटफर्म अब माइक्रो ब्लगिङ साइटबाट अझ नयाँ बाटोतर्फ जाने योजनाका लागि एउटा नयाँ दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ।
ट्विटरले यूजरहरुका ठूला समुदायसँग जोडिइरहनका लागि कुनै प्रकारको मेसेजिङ च्यानल कार्यान्वयन गर्न सक्ने बुझिएको छ।
ट्विटर ब्लूले भने आफ्ना उच्च फलोअर भएका यूजरहरुका लागि ब्लू-ओन्ली मेसेजिङ फिचर उपलब्ध गराउनेछ।
प्रकाशित: २४ मंसिर २०७८, शुक्रबार