भारतीय ओटिटी प्लेटफर्म अल्ट बालाजी अब नेपालमा, टेलिनेट प्रबर्द्धन र बितरणको साझेदार

  • Technology Khabar | २४ मंसिर २०७८, शुक्रबार
भारतीय ओटिटी प्लेटफर्म अल्ट बालाजी अब नेपालमा, टेलिनेट प्रबर्द्धन र बितरणको साझेदार

काठमाडौं ।

लोकप्रिय भारतीय ओटिटी प्लेटफर्म अल्ट बालाजीले आफ्नो नेपाली बजारमा प्रवर्धन र वितरण गर्न टेलिनेट प्रालिसँग साझेदारी गरेको छ।

नेपालमा यसको प्रवद्र्धन र वितरण टेलिनेटले सुनिश्चित गर्नेछ। डिजिटल वालेट, टेलिकम अपरेटर र पेमेन्ट गेटवे जस्ता स्थानीय बिलिङ च्यानलहरुमार्फत भुक्तानी गरी प्रयोगकर्ताहरुले घरमै बसेर आनन्द लिन सक्नेछन् ।

अल्ट बालाजीमा रहेको रोमाञ्चक कार्यक्रमहरु हेर्न चाहने नयाँ प्रयोगकर्ताहरुका लागि यो सहकार्य महत्वपूर्ण मानिएको छ, जुन यो भन्दा अगाडी धेरैको पहुचमा थिएन्। टेलिनेट अल्ट बालाजीको एक आधिकारिक –पुनविक्रेता हो। यसको माध्यमबाट प्रयोगकर्ताहरुले एकल प्लेफर्ममा सबै ओरिजिनल, वेब सिरीज, चलचित्र र अन्य सामाग्रीहरुमा निरन्तर पहुँच पाउनेछन्।

प्रयोगकर्ताहरुले यी सामाग्रीहरु मोवाइल, ल्यापटप, स्मार्ट टि.भी. र एण्ड्रोइडमा हेर्न सक्नेछन् भने कुनै एक सदस्यले पाँच ओटासम्म प्रोफाइल बनाउन सक्नेछन् । साथै, नेपाली प्रयोगकर्ताहरुले gfsarena.com/Altbalaji मा गएर ई–सेवा, खल्ती, आइएमई पे र सेल पे जस्ता डिजिटल वालेटहरु प्रयोग गरी सदस्यता लिन सक्नेछन् ।

टेलिनेटको प्रमुख कार्यकारी अधिकृत नभंकर सुदले भने, “मनोरञ्जनमा रमाउनेहरुको लागि ओटिटी प्लेटफर्म अहिलेको नयाँ लहर हो। विभिन्न व्यापार मोडलहरु मार्फत प्रयोगकर्ताहरुलाई मनोरञ्जनका सामाग्रीमा निर्बाध पहुँच प्रदान गर्ने हाम्रो रणनीतिले नेपाल बजारका लागि सहकार्यमा नयाँ आयाम सुनिश्चित गर्नेछ भने अल्ट बालाजीले नेपालका दर्शकहरुका लागि निरन्तर उच्च गुणस्तरको आकर्षक सामग्री प्रवाह सुनिश्चित गर्नेछ।”

“टेलिनेट प्रा. लि. सँगको साझेदारी अल्ट बालाजीको लागि विश्वबजारमा आफ्नो उपस्थिति जनाउनको लागि महत्वपूर्ण कदम हो । अल्ट बालाजी आफ्नो प्लेटफर्मलाई सकेसम्म प्रयोगकर्ता–मैत्री बनाउन निरन्तर प्रयासरत छ र यो साझेदारीले हाम्रो ब्लकबस्टर सामाग्री मार्फत थप दर्शकलाई आकर्षित गर्नेछ । साथै, पेमेन्ट गेटवेहरुसँगको दुईको टाइ–अपले पहिले सम्भव नभएको एक–क्लिकमै एक्टिभेशनको सुविधा प्रदान गर्दै यस प्लेटफर्मको पहुँचलाई अझ फराकिलो बनाउनेछ,” अल्ट बालाजीको बजार तथा राजस्वको एसभिपि दिव्या दिक्षीतले भनिन्।

८९ भन्दा धेरै भारतीय ब्लकबस्टर ओरिजिनल रहेको अल्ट बालाजीले दर्शकहरुलाई मनोरञ्जनको दैनिक खुराक प्रदान गर्दछ। दर्शकहरुको विविध स्वाद अनुसारको विभिन्न विधाका सामाग्रीहरु यस प्लेटफर्ममा हेर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २४ मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार