
काठमाडौं ।
मेटा प्लेटफर्म्स इंकको क्रिप्टोकरेन्सी वालेट, नोभीले प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जालको विशाल मेसेजिङ एप, ह्वाट्सएपमार्फत पैसा पठाउन र प्राप्त गर्न अनुमति दिनेछ।
हाल यो पाइलट कार्यक्रम संयुक्त राज्य अमेरिकामा सीमित संख्यामा मानिसहरूका लागि खुला गरिएको नोभी प्रमुख स्टेफन कासरीलले ट्वीटमा जानकारी दिएका छन्।
‘नोभी प्रयोग गर्दा ह्वाट्सएप व्यक्तिगत सन्देश र कलको गोपनीयता परिवर्तन गर्दैन,’ उनले भने।
पहिले फेसबुक र हाल मेटा प्लेटफर्मले वालेट एपमा धेरै महिनादेखि काम गरिरहेको छ, जबकि नियामक चिन्ताहरूमा डाएम नामक डिजिटल मुद्रा रोल आउट गर्ने आफ्नो विश्वव्यापी योजनाहरू फिर्ता गरेको थियो।
प्रकाशित: २४ मंसिर २०७८, शुक्रबार