आफ्नो डेभलपर वेबसाइट बन्द गर्दै एलजी

  • Technology Khabar | २१ मंसिर २०७८, मंगलवार

काठमाडौं ।

दक्षिण कोरियाली स्मार्टफोन कम्पनीले स्मार्टफोन व्यवसाय बन्द गरेको १ वर्ष हुनै लाग्दा आफ्नो डेभलपर वेबसाइट पनि बन्द गर्ने भएको छ।

कम्पनीले स्मार्टफोन व्यवसाय बन्द गर्ने बताउँदै गर्दा बजारमा रहेकामध्ये पछिल्ला फ्ल्यागशिप स्मार्टफोनहरुमा कम्तीमा तीन वर्षसम्म अपरेटिङ सिस्टम अपडेट उपलब्ध गराउने बताएको थियो।

यसको उद्देश्य ती डिभाइसहरुको सञ्चालन अवधि बढाउनु र कम्पनीप्रति आस्था राख्ने यूजरहरुमा निराशा छाउन नदिनु रहेको थियो।

तर हाल आएर भने कम्पनीले आउँदो महिनाबाछ लागू हुनेगरी बूटलोडर अनलक की उपलब्ध नगराउने घोषणा गरेको हो।

डेभलपर वेबसाइटमा अहिले एउटा सूचना राखिएको छ जसमा कम्पनीले उक्त वेबसाइट बन्द गर्न लागेको र वेबसाइटमा दिइने सबै सूचना र बूटलोडर अनलक की पनि उपलब्ध नहुने उल्लेख गरिएको छ।

आफूले केही समयअघि किनेका एलजीका मोबाइल फोनहरु अझै केही समय चलाउने योजना बनाएका उपभोक्ताहरुले रुट गर्न वा कस्टम रोम इन्सटल गर्न बूटलोडर अनलक की अन्तिम पटकका लागि प्राप्त गर्न सक्ने बताइएको छ।

प्रकाशित: २१ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया