बजाज डोमिनार २५० का चालकलाई जोमसोममा ५ दिनको राइड

  • Technology Khabar | ६ मंसिर २०७८, सोमबार
बजाज डोमिनार २५० का चालकलाई जोमसोममा ५ दिनको राइड

काठमाडौं ।

हन्सराज हुलासचन्द एण्ड कम्पनी, बजाज मोटरसाइकल र डोमिनारको आधिकारिक विक्रेताले बजाज डोमिनार–२५० का चालकहरुको लागि डोमिनार राइडको संचालन गर्दैछ।

जोमसोमसम्म गरिने यो डोमिनार राइड यही मंसिर ८ देखि १२ गतेसम्मका लागि तयार पारिएको ५ दिने ‘अल पेड ट्रिप’ हो। जसमा रोमाञ्चक र आफ्नै कथाको मिश्रण हुनेछ।

राइड योर ओन स्टोरीज्को थिममा आधारित यो राइडमा हरेक डोमिनार राइडरले डोमिनार २५० सँग जोमसोम जाँदाको रमाइलो अनुभव बटुल्न सक्नेछन्।

यस राइडको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने छ। डोमिनार ओनरहरुले डोमिनार बाइकको साथ यस रोमाञ्चक राइडको अनुभव लिनुपर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Grand Exchange Carnival: “New khojne lai jhyammai”

  • Technology Khabar
  • ६ मंसिर २०७८, सोमबार