अनरको नयाँ फोन अनर ६० श्रृंखला नोभेम्बर २२ मा आउने

  • Technology Khabar | ४ मंसिर २०७८, शनिबार

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड अनरको नयाँ फोन अनर ६० श्रृंखला नोभेम्बर २२ मा आउने भएको छ। कम्पनीका सीईओ आफैंले नयाँ स्मार्टफोन सिरिजको पछिल्लो टेजर खुलासा गरेका छन्।

वेईबो पोष्टमा तीनवटा तस्बिरहरू छन् जसले विशेष नाइट स्काई मोडको सुझाव दिन्छ।

ओईएमहरूले केही समयदेखि एस्ट्रल फोटोग्राफी मोडहरू फोनमा  ल्याउँदै गरेका छन् त्यसैले अनरले पनि सोहि कार्यलाई पछ्याउनु अचम्मको कुरा होइन।

चलिरहेको चर्चाहरूका अनुसार, नयाँ अनर ६० (Honor 60) सिरिजमा तीनवटा फोनहरू समावेश हुनेछन् – एउटा भेनिला मोडल, एउटा प्रो मोडल र एउटा एसई भेरियन्ट।

सबै तीन फोनहरूले पहिले नै चिनियाँ थ्रीसी प्रमाणीकरण पास गरिसकेका छन् जसले ह्यान्डसेटहरू नोभेम्बर २२ मा घोषणा पछि चाँडै लन्च हुने संकेत गर्दछ।

प्रकाशित: ४ मंसिर २०७८, शनिबार

तपाइको प्रतिक्रिया