स्पेसएक्सको पहिलो स्टारशिप अर्बिटल परीक्षण उडान २०२२ जनवरीमा हुने अपेक्षा

  • Technology Khabar | ३ मंसिर २०७८, शुक्रबार
स्पेसएक्सको पहिलो स्टारशिप अर्बिटल परीक्षण उडान २०२२ जनवरीमा हुने अपेक्षा

काठमाडौं ।

समयमै स्टारशिप अर्बिटल परीक्षण उडानको लागि स्पेसएक्सको आशाहरू योजना अनुसार नहुने भएको छ तर यसमा संभावना भने बाँकी नै रहेको छ।

टेकक्रन्चका अनुसार, इलन मस्कले अन्तरिक्ष अनुसन्धान बोर्डहरूको संयुक्त बैठकमा उनको कम्पनीले जनवरी २०२२ मा पहिलो स्टारशिप अर्बिटल उडानको लक्ष्य राखेको बताएका छन्। प्रमुख कार्यकारीले हतार गरेमा “धेरै जोखिम” रहेको स्वीकार गर्दै  स्पेसएक्स सफल नहुन सक्ने, तर टोलीले कम्तिमा “धेरै प्रगति” गर्ने सोच लिएको बताए।

‘सन् २०२२ मा करिब एक दर्जन थप प्रक्षेपण हुन सक्छ,’ मस्कले थपे।

सो उडान समय स्पेसएक्सको बोका चिका प्रक्षेपण सुविधाको एफएए वातावरणीय प्रभाव समीक्षामा पनि निर्भर हुनेछ। एजेन्सीले २०२१ को अन्त्य भन्दा पहिले यसको समीक्षा समाप्त गर्न चाहन्छ, तर ढिलाइले आगामी स्टारशिप प्रक्षेपणहरूलाई पछाडि धकेल्न सक्नेछ।

जब स्टारशिप कक्षमा पुग्छ, भेहिकल चाँडै नै अपेक्षाकृत आर्थिकरुपमा सहज बन्न सक्ने रिपोर्टमा उल्लेख छ। स्पेसएक्सले लगभग दुई वर्षमा फाल्कन ९ भन्दा कम मूल्यमा स्टारशिप प्रक्षेपणहरूको उडान बिक्री सुरु गर्न सक्ने मस्कले बताए। यससँगै यसले मूल्यवान व्यापार जित्न सक्छ र स्पेसएक्सलाई अन्तरिक्ष पर्यटन र मंगल ग्रहको यात्राको लागि थप स्टारशिपहरू निर्माण गर्न मद्दत गर्न सक्छ।

मस्कले बैठकका सदस्यहरूलाई पृथ्वीलाई साँच्चिकै अन्तरग्रहीय जीवनको लागि लगभग १ हजार प्रक्षेपण प्रणालीहरू आवश्यक हुन सक्ने र उनले अपेक्षाकृत चाँडै स्टारशिपहरू उत्पादन गर्ने इच्छा व्यक्त गरेका थिए।

प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार