
काठमाडौं ।
फेसबुक खोल्दा कसैले थप्पड हान्छ भने सोच्नुहोस् त त्यसबेला तपाईँलाई कस्तो लाग्छ ! तर, फेसबुकको लतबाट छुटकारा पाउन एक व्यक्तिले यस्तो गरेका छन् । ती व्यक्तिको नाम मनिष सेठी हो। उनी अमेरिकमा रहेर व्यवसाय गर्दछन्। उनको कम्पनी, प्याभलकले जिम, मेडिटेसनका लागि उपकरण बनाउँछ।
मनिषले फेसबुकको लतबाट छुटकारा पाउन महिलालाई हायर गरेका छन् । यी महिलाको नाम कारा हो।
मनिषले फेसबुक खोल्न खोज्दा काराले उनलाई कडा थप्पड हानेकी छिन् । यो कामका लागि काराले प्रति घण्टा ८ डलर (करिब ६ सय रुपैयाँ) पाउँछिन् । फेसबुकको लतबाट छुटकारा पाउने यो अनौठो कामलाई लिएर हालै विश्वकै धनी इलन मस्कले समेत प्रतिक्रिया दिएका छन्।
मस्कको प्रतिक्रिया पछि भाइरल
जब विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले त्यस बारेमा प्रतिक्रिया दिए, यो भाइरल जानकारी सबैको अगाडि आयो । यो जानकारी सेयर गर्दै, मस्कले ट्विटरमा फायर इमोजी बनाए। जसले यो ट्विटलाई भाइरल बनाएको हो।
मस्कले सेयर गर्ने बित्तिकै मनिष सेठीले पनि यसको जवाफ दिएका थिए । उनले लेखेका छन्, ‘म यो तस्वीरको केटा हुँ। इलन मस्कले सेयर गरेपछि, मेरो ‘ट्विटर रिच’ सम्भवतः अझ बढ्नेछ।’
The story of Maneesh Sethi, the computer programmer who hired a woman to slap him in the face every time he used Facebook, resulting in massive productivity increase [read more: https://t.co/Q5fKjYtFSo] pic.twitter.com/d8pnt3Jd8k
— Massimo (@Rainmaker1973) November 10, 2021
थप्पड प्रयोगले ९८ प्रतिशतले कामको दक्षता बढायो
मनिष ९ वर्षदेखि फेसबुकको लतबाट छुटकारा पाउन थप्पड वाला प्रयोग गर्दै आएका छन् । उनले २०१२ देखि कारालाई काममा राखेका छन्। “जब म समय बर्बाद गर्छु, तपाईँले म माथि चिच्याउनुपर्छ वा आवश्यक पर्दा मलाई थप्पड हान्नु पर्छ,” सेठीले २०१२ को विज्ञापनमा लेखेका थिए।
मनिषले काराको थप्पडले काम गर्ने क्षमता पनि बढेको बताए । तिनीहरूको औसत कार्य क्षमता धेरै जसो पहिलो दिनको लागि लगभग ३५ देखि ४० प्रतिशत थियो। जब कारा उनको छेउमा बसिन्, कार्य दक्षता ९८ प्रतिशतमा पुग्यो। एजेन्सीहरुका साथ
प्रकाशित: २८ कार्तिक २०७८, आईतवार