
काठमाडौं ।
जो बाइडेनको प्रशासन अमेरिकाको साइबर सुरक्षालाई अझ मजबुत पार्नका लागि अन्य संस्थाहरुसँग साझेदारी गर्ने भएको छ।
एक्सियोसको रिपोर्टमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ह्वाइट हाउसले प्यारिस कल फर ट्रस्ट एन्ड सेक्युरिटी इन साइबरस्पेस नामक संस्थासँग सहकार्य गर्ने खुलाएको उल्लेख छ।
यो स्वैच्छिक सम्झाैतामार्फत् अमेरिकाले अन्य राष्ट्र र गुगल तथा माइक्रोसफ्टजस्ता सयैं संस्थाहरुसँग मिलेर समान लक्ष्य र नियममार्फत् इन्टरनेट सुरक्षा तथा खुला इन्टरनेटलाई बढावा दिने काममा हातेमालो गर्नेछ।
यो सम्झाैता हाल विद्यमान नाटो साइबरसेक्युरिटी नीति तथा अक्टोबरमा स्थापित एन्टि र्यान्समवेयर अलायन्स नयाँ स्वरुपमा ल्याउँदै अनलाइन अपराधीहरुलाई संरक्षण गरेमा उक्त कुराको जिम्मा सम्बन्धित देशले लिनुपर्ने तथ्यमा आधारित छ।
अमेरिकाको स्टेट डिपार्टमेन्टले यसका लागि ब्यूरो अफ साइबरस्पेस एन्ड डिजिटल पोलिसी पनि स्थापना गर्दैछ जसले साइबर सुरक्षा तथा अन्य प्राविधिक समस्याहरुसँग जुध्नेछ।
प्रकाशित: २६ कार्तिक २०७८, शुक्रबार