विश्वको भोकमरीविरुद्ध लड्नका लागि ६ अर्ब डलर दिने इलन मस्कको वाचा

  • Technology Khabar | १५ कार्तिक २०७८, सोमबार
विश्वको भोकमरीविरुद्ध लड्नका लागि ६ अर्ब डलर दिने इलन मस्कको वाचा

काठमाडौं ।

टेस्लाका सीईओ इलन मस्कले विश्वको भोकमरीविरुद्ध लड्नका लागि आफूले ६ अर्ब डलर दिने वाचा गरेका छन्।

गत हप्ता उनले आफूले हालै कंग्रेसका डेमोक्र्याटहरुले प्रस्ताव गरेको बिलेनियर ट्याक्स अर्थात् खर्बपति करका रुपमा ५० अर्ब डलर बुझाउनुभन्दा उक्त रकम आफ्नो मंगल ग्रहको अभियानमा खर्च गर्नु हितकर रहेको अभिव्यक्ति दिएका थिए।

आइतबार उनले एउटा ट्वीट गर्दै यूएन वर्ल्ड फूड प्रोग्राम अन्तर्गत उल्लेख्य रकम योगदान गर्न इच्छुक रहेको कुरा व्यक्त गरेका थिए।

‘यदि विश्व खाद्य कार्यक्रमले यो ट्विटर थ्रेडमा ६ अर्ब डलर विश्वको भोकमरी हटाउन कसरी भूमिका खेल्न सक्छ भन्ने राम्ररी व्याख्या गरेमा म टेस्लाको शेयर तुरुन्तै बेचेर यसमा सहभागी हुनेछु’, मस्कले ट्वीटमा भनेका छन्।

उनले उक्त रकम के कसरी खर्च हुन्छ भन्ने कुरा सर्वसाधारणले प्रस्ट र पारदर्शी रुपमा थाहा पाउनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: १५ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार