गरिमा स्मार्टबाट आइबिएफटी गर्दा हरेक दिन रु ५०० जित्ने मौका

  • Technology Khabar | १५ कार्तिक २०७८, सोमबार
गरिमा स्मार्टबाट आइबिएफटी गर्दा हरेक दिन रु ५०० जित्ने मौका

काठमाडौं ।

गरिमा विकास बैंकले तिहारलाई लक्षित गरि डिजिटल बैकिङ्गलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फाईदा ट्रिपल’ नामक अभियान लिएर आएको छ।

फोनपेले ल्याएको आईबिएफटि केन्द्रित ‘झट्ट ट्रान्सफर चट्ट कार २.०’सँग प्रेरित रहि डिजिटल बैकिङ्गलाई प्रोत्साहन तथा प्रबद्र्धन गर्न गरिमा विकास बैंकले यो अभियान लिएर आएको हो । यस अभियानमा हरेक दिन गरिमा स्मार्टबाट आईबिएफटी मार्फत पैसा पठाउने १ भाग्यशाली सेवाग्राहीले दैनिक रु ५०० जित्नेछन् ।

कात्तिक १५ देखि पौष १६ गते सम्म चल्ने यस अभियानका साप्ताहिक विजेताको घोषणा हरेक आईतबार बेलुका गरिमा विकास बैंकको सबै सामाजिक संजालबाट गरिने बैंकले जनाएकोछ।

प्रकाशित: १५ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार