इलन मस्कद्वारा प्रविधि विश्वविद्यालय खोल्ने निर्णयपछि डजिक्वाइनको मूल्यमा वृद्धि

  • Technology Khabar | १५ कार्तिक २०७८, सोमबार
इलन मस्कद्वारा प्रविधि विश्वविद्यालय खोल्ने निर्णयपछि डजिक्वाइनको मूल्यमा वृद्धि

काठमाडौं ।

स्पेसएक्सका सीईओ इलन मस्कले हालै टेक्सस इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड साइन्स नामक प्रविधि विश्वविद्यालय खोल्ने घोषणा गरेपछि क्रिप्टोकरेन्सी डजिक्वाइनको मूल्यमा वृद्धि भएको छ।

उनले खोल्ने प्रस्ताव गरेको विश्वविद्यालयको नामको संक्षिप्त रुपले अनोपचारिक रुपमा शरीरको भित्री अंगको अर्थ बुझाउने भएकाले यसलाई मस्कको ठट्याैलीका रुपमा पनि बुझिएको छ।

‘यसलाई विश्वव्यापी रुपमा प्रशंसा मिल्नेछ’, टेस्लाले ट्विटरमा लेखेको छ।

यो विश्वविद्यालयका बारेमा मस्क कत्तिको गम्भीर छन् भन्ने यकिन भने छैन। तर उनको ट्वीटमा भने ५ लाखभन्दा बढीले लाइक गरेका छन्।

उनले दुई दिनअघि ‘म एउटा प्रविधि विश्वविद्यालय खोल्ने विचारमा छु’ भन्ने ब्यहोराको ट्वीट गरेपछि थुप्रै यूजरहरुले त्यसमा सकारात्मक प्रतिक्रिया जनाएका थिए।

त्यसलगत्तै उनले विश्वविद्यालयको शुल्क डजिक्वाइनमार्फत् तिर्न सकिने र छुट समेत पाउने ब्यहोराको ट्वीट गरेपछि उक्त क्रिप्टोकरेन्सीको मूल्य ह्वात्तै बढेको हो।

यो ट्वीटपछि डजि मार्केट क्यापमा ३ अर्ब डलर थपिएको बुझिएको छ।

प्रकाशित: १५ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार