को को परे उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायकमा? हेर्नुहोस् ग्राहक सङ्ख्यासहित

  • Technology Khabar | १५ कार्तिक २०७८, सोमबार
को को परे उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायकमा? हेर्नुहोस् ग्राहक सङ्ख्यासहित
सांकेतिक तस्विर

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को भाद्र मसान्तसम्मको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ।

भदो २०७८ सम्ममा आइपुग्दा आईएसपीहरुका ग्राहक सङ्ख्यामा पहिले झैं उतार चढाव आउनु स्वाभाविकै हो।

भाद्र महिनामा कुन कुन इन्टरनेट सेवा प्रदायक ग्राहक सङ्ख्याका आधारमा उत्कृष्ट १० मा परे त? यस्तो छ सूची र ग्राहक सङ्ख्याको आँकडा:

१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड- ५, ४३, ०४८

श्रावण मसान्त – ५, ३०, ७७८भाद्र मसान्त – ५, ४३, ०४८वृद्धि – १२,२७०

२०७८ भाद्र मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको जम्मा ग्राहक सङ्ख्या ५ लाख ४३ हजार ४८ पुगेको छ। अघिल्लो महिना अर्थात् श्रावण मसान्तसम्म ५ लाख ३० हजार ७७८ ग्राहक रहेकामा उक्त सङ्ख्यामा १२ हजार २७० बढेको पाइएको छ।

वर्ल्डलिंक समग्र ग्राहकमध्ये वायरलेसका ६८०, केबलका ग्राहक ७९८ र फाइबरका ग्राहक ५, ४१ हजार ५७० रहेका छन्।

२. सुविसु केबलनेट प्रालि २, ३४, ३२२

श्रावण मसान्त- २, २७, ९४६भाद्र मसान्त – २,३४, ३२२वृद्धि – ६, ३७६

सुविसु केबलनेट प्रालिको जम्मा ग्राहक सङ्ख्या २ लाख ३४ हजार ३२२ पुगेको छन्। यो सङ्ख्या श्रावण मसान्तसम्म २ लाख २७ हजार ९४६ रहेको थियो।

यस हिसाबले हेर्दा एक महिनामा सुबिसुले ६ हजार ३७६ ग्राहक थपेर दोस्रो स्थानमै अडिग रहन सपल भएको देखिन्छ।

कम्यीपनीका समग्र ग्राहकमध्ये वायरलेसका ग्राहक १०, ५१५, केबलका ग्राहक २१, ५१५ र फाइबरका ग्राहक २, लाख २ हजार १९२ रहेका छन्।

३.भायानेट प्रालि – १, ५६, ९५३

श्रावण मसान्त – १, ५६, ९५३भाद्र मसान्त – १, ६०, ६०७वृद्धि – ३, ६५४

१ लाख ५६ हजार ९५३ ग्राहक सङ्ख्यासहित श्रावणमा  चाैथो नम्बरमा रहेको भायानेट प्रालि एक महिनाको अवधिमा ३ हजार ६५४ ग्राहक थपेर  भाद्र मसान्तसम्म १ लाख ६० हजार ६०७ पुर्याउँदै सूचीको तेस्रो नम्बरमा उक्लिएको छ।

यसमध्ये सबै फाइबरका ग्राहक छन्। भायानेट प्रालिका केबल र वायरलेस ग्राहकहरु छैनन्।

४. क्लासिकटेक प्रालि – १, ६०, १७३

श्रावण मसान्त – १, ५९, ०३१भाद्र मसान्त – १, ६०, १७३वृद्धि – १, १४६

उत्कृष्ट १० को सूचीमा अघिल्लो महिना तेस्रो नम्बरमा रहेको क्लासिकटेक प्रालिको श्रावण महिनासम्मको कुल ग्राहक सङ्ख्या १ लाख ५९ हजार ३१ रहेको थियो।

भाद्र मसान्तसम्मको एक महिनाको अवधिमा १ हजार १ सय ४२ वृद्धि भएर १ लाख ६० हजार १७३ पुगेको छ। यीमध्ये १, ५९, ३५९ फाइबर सेवा लिने ग्राहकहरु छन् भने ८१४ वायरलेसका ग्राहक छन्।

५. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि ७४, ०४२

श्रावण मसान्त – ७४, ०४२भाद्र मसान्त – ७४, ०४२अन्तर – यथावत

कुल ग्राहक सङ्ख्या ७४ हजार ४२ रहेको वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि सूचीको पाँचाैं नम्बरमा अघिल्ला २ महिनायता यथावत् छ।

उसका ७४ हजार ४२ मध्ये २ हजार ७९१ जना वायरलेसका तथा बाँकी ७१, २५१ जना फाइबरका ग्राहक रहेका छन्। वेबसर्फरका पनि केबल सेवा लिने ग्राहक छैनन्।

६. टेकमाइण्ड्स नेटवर्क प्रालि ६६, ५९९

श्रावण मसान्त – ६६, ५९९भाद्र मसान्त – ६९, ९१३वृद्धि – ३, ३१४

चितवनमा मुख्य कार्यालय रहेको टेकमाइण्ड्स नेटवर्क प्रालि कुल ६९ हजार ९१३ ग्राहकसहित छैटाैं नम्बरमा यथावत् रहेको छ।

यो सङ्ख्या अघिल्लो महिना अर्थात् श्रावण मसान्तको तुलनामा ३ हजार ३१४ ले बढी हो। श्रावण मसान्तमा भने असार मसान्तको भन्दा २३५ ले घटेको थियो।

६९ हजार ९१३ मध्ये २, ३६५ जना वायरलेसका तथा ६७, ५४८ जना फाइबर सेवाका ग्राहक रहेका छन् भने यो कम्पनीका पनि केबल सेवाका ग्राहक छैनन्।

७. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि – ४६, २१८

श्रावण मसान्त – ४६, २१८भाद्र मसान्त – ४६, २१८अन्तर –  यथावत्

उत्कृष्ट १० को साताैं नम्बरमा यथावत् रहेको ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिका जम्मा ४६ हजार २१८ जना ग्राहक रहेकोमा १६५ जना वायरलेसका तथा बाँकी ४६, ०५३ ग्राहक फाइबरका छन्। ब्रोडलिंकका पनि केबलमार्फत् सेवा लिने ग्राहक छैनन्। यो संख्या अघिल्ला दुई महिनाकोभन्दा फरक छैन।

८. डिश मिडिया नेटर्क २९, ४४३

श्रावण मसान्त – २९, ४४३भाद्र मसान्त – २९, ४४३वृद्धि – यथावत्

सूचीको आठाैं नम्बरमा यथावत् रहेको डिश मिडिया नेटवर्कको कुल ग्राहक सङ्ख्या अघिल्लो महिनामा झैं २९ हजार ४४३ रहेको छ।

असार मसान्तसम्म भने संख्या १७ हजार ९६४ रहेको थियो।

यी ग्राहकमध्ये डिश मिडिया नेटवर्कले सबै २९ हजार ४४३ जनालाई फाइबरमार्फत सेवा दिइरहेको छ। यसका पनि केबल वा वायरलेस ग्राहक छैनन्।

९. कनेक्ट नेपाल नेटवर्क – १८, ५७०

श्रावण मसान्त – १८, ५७०भाद्र मसान्त – १८, ५७०अन्तर – यथावत्

सूचीको नवाैं नम्बरमा यथावत् रहेको कनेक्ट नेपाल नेटवर्कको कुल ग्राहक सङ्ख्या १८ हजार ५७० रहेको छ।

यीमध्ये कनेक्ट नेपाल नेटवर्कले ६० जनालाई वायरलेस सेवा प्रदान गरिरहेको छ भने बाँकी १८, ५१० जनालाई फाइबरमार्फत सेवा दिइरहेको छ। कनेक्ट नेपाल नेटवर्कले पनि केबलमार्फत कुनै ग्राहकलाई सेवा दिएको छैन।

१०. एरोनेट प्रालि १५, २९८

श्रावण मसान्त – १५, २९८भाद्र मसान्त – १५, २९८अन्तर – यथावत्

असार महिनासम्ममा जम्मा ग्राहक सङ्ख्या १५ हजार ७६९ पुर्याएर सूचीको नवाैं नम्बरमा परेको एरोनेट प्रालि श्रावण मसान्तमा ४१४ ग्राहक संख्या थपेर दशाैं स्थानमा यथावत् रहेको छ।

यसले पनि केबलमार्फत् सुविधा दिएको छैन भने उसका वायरलेस ग्राहक ७४ जना तथा फाइबरमार्फत् सेवा लिने ग्राहक १५ हजार २२४ रहेको तथ्याङ्क छ।

*यो सूची नेपाल दूरसञ्चार प्राधिकरणले अद्यावधिक गरेको २०७८ भाद्र मसान्तसम्मको एमआईएस तथ्याङ्कमा आधारित छ।

प्रकाशित: १५ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार