चिप अभावले २ हप्ताको बन्दपछि फक्सवागनको स्कोडाद्वारा पुन: उत्पादन शुरु

  • Technology Khabar | १५ कार्तिक २०७८, सोमबार
चिप अभावले २ हप्ताको बन्दपछि फक्सवागनको स्कोडाद्वारा पुन: उत्पादन शुरु

काठमाडौं ।

सेमिकन्डक्टर चिप अभावका कारण दुई हप्ताका लागि बन्द गरिएको फक्सवागन अन्तर्गतको स्कोडा अटोको उत्पादन पुन: शुरु भएको छ।

यो जानकारी हालै कम्पनीकी  प्रवक्ता कमिला बिडलले दिएकी हुन्।

ती प्रवक्ताका अनुसार चेक रिपब्लिकको सबैभन्दा ठूलो अटो निर्यातकर्ता कम्पनी स्कोडाले गत अक्टोबर ७ मा अक्टोबर १८ देखि यो वर्षको अन्त्यसम्मै उत्पादन घटाउने वा पुरै बन्द गर्ने बताएको थियो।

यस्तो निर्णय गर्नुको मुख्य कारण अटोमोटिभलगायतका क्षेत्रलाई अप्ठेरोमा पारिरहेको विश्वव्यापी चिप अभाव रहेको बुझिएको छ।

‘स्कोडा अटोको अधिकांश उत्पादन क्षेत्रमा दुई हप्ताको बन्दीपछि आज रातिदेखि १० बजेको रात्रीकालीन सत्रबाट काम पुन: शुरु हुने मलाई विश्वास छ’, यसअघि सीटीके समाचार संस्थाले प्रकाशन गरेको रिपोर्टलाई पुष्टि गर्दै प्रवक्ता बिडलले आइतबार भनेकी थिइन्।

चेक अटो इन्डस्ट्री एसोसिएसनले वैश्विक चिप अभावका कारण चेक कार निर्माताहरुले यो वर्ष औसतभन्दा साढे दुई लाख थान कम कार उत्पादन गर्ने बताएको छ।

यसबाट अटोमोटिभ क्षेत्रमा २०० बिलियन क्राउन अर्थात् ९ अर्ब डलरको घाटा हुने आकलन गरिएको छ।

प्रकाशित: १५ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार