स्मार्ट लाइसेन्सको लागि खुलाईएको अनलाइन आवेदन प्रणाली ४ दिनमै बन्द

  • Technology Khabar | ११ कार्तिक २०७८, बिहीबार
स्मार्ट लाइसेन्सको लागि खुलाईएको अनलाइन आवेदन प्रणाली ४ दिनमै बन्द

काठमाडौं ।

सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) का लागि दिने सरकारले खुला गरेको अनलाइन आवेदन प्रणाली ४ दिनमै बन्द भएको छ। प्राविधिक समस्या देखिएकाले सेवा बन्द गर्नु परेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ।

विभागकाअनुसार बिहीबार दिउँसोदेखि प्राविधिक समस्या देखिएकाले समस्या मर्मतका लागि सेवा बन्द गरिएको हो। विभागले अनलाइन प्रणाली मर्मतको कार्य भइरहेको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए।

यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति विभागले क्षमासमेत मागेकोछ।

कोभिड महामारीका कारण ६ महिनादेखि अनलाइन आवेदन प्रणाली बन्द थियो भने गएको सोमबारदेखि सेवा सुरू भएको थियो।

अब सो अनलाइन आवेदन प्रणाली कहिले खुल्नेछ भन्ने कुनै जानकारी दिईएको छैन् ।

प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार