
काठमाडौं ।
फेसबुक अन्तर्गतको छोटा मेसेजिङ एप इन्स्टाग्रामले अब आफ्ना सबै यूजरलाई स्टोरिजमा लिंक शेयर गर्न सक्ने फिचर उपलब्ध गराउने भएको छ।
कम्पनीले यो फिचर गत जुनमा परीक्षण गर्न शुरु गरेको र अगस्टमा स्वाइप अप लिंकलाई यो फिचरले प्रतिस्थापन गरेको थियो।
यो फिचर केही समययता भेरिफाइड वा १० हजारभन्दा बढी फलोअर भएका एकाउन्टहरुमा मात्र उपलब्ध रहेको थियो।
लिंक स्टिकरमार्फत् धेरैभन्दा धेरै यूजरलाई बाहिरी यूआरएल स्टोरिजमार्फत् शेयर गर्न सकिनेछ। यसका लागि एकाउन्ट भेरिफाइ भए नभएको वा फलोअरका सङ्ख्या १० हजार पुगे नपुगेकोले केही फरक पार्नेछैन।
यसबाहेक लिंक स्टिकरमार्फत् स्टोरी हेर्नेले स्वाइप अप लिंक स्टोरिजको उल्टो यसमा रिप्लाइ गर्न तथा एका उन्टमा आबद्ध हुन पनि सक्नेछन्।
इन्स्टाग्राम स्टोरिजलाई लिंक स्टिकरसँग कसरी जोड्ने?
प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार