चाइना टेलिकमलाई अमेरिकामा सेवा सञ्चालन गर्न नदिने एफसीसीको निर्णय

  • Technology Khabar | ११ कार्तिक २०७८, बिहीबार
चाइना टेलिकमलाई अमेरिकामा सेवा सञ्चालन गर्न नदिने एफसीसीको निर्णय

काठमाडौं ।

अमेरिकाको संघीय सञ्चार आयोग एफसीसीले चाइना टेलिकमले  अमेरिकामा सेवा सञ्चालन गर्न नपाउने निर्णय गरेको छ।

सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उक्त निकायले सन् २०२० को अन्त्यदेखि विचाराधीन रहेको प्रस्तावमाथि निर्विरोध रुपमा मतदान गर्दै यस्तो आदेश गरेको हो।

उक्त आदेश अनुसार चीनको सबैभन्दा ठूलो सरकारी कम्पनीको भगिनी संस्थाका रुपमा रहेको चाइना टेलिकमले अमेरिकामा आफ्ना सेवा अबको ६० दिनभित्रमा हटाइसक्नुपर्नेछ।

न्याय विभागमार्फत् आएका जानकारी समावेश भएको उक्त प्रक्रियामा एफसीसीले चाइना टेलिकमले चीन सरकारलाई अमेरीकी सञ्चार तथा सूचनामा पहुँच, भण्डारण तथा तोडमोड गर्न सक्ने भएकाले यस्तो निर्णय गरेको बुझिएको छ।

‘सार्वजनिक चासोलाई ध्यानमा राख्दै राष्ट्रिय सुरक्षालाई प्रबर्द्धन गर्नु आयोगको दायित्व भएकाले आजको कदमले सम्भावित सुरक्षा जोखिमबाट देशको दूरसञ्चार पूर्वाधारको संरक्षणको अभियान शुरु गरेको छ’,  एफसीसीले भनेको छ।

गत वर्ष एफ्सीसीले अन्य केही चिनियाँ दूरसञ्चार तथा उपकरण निर्माताहरुमाथि पनि यस्तै कदम उठाएको थियो। स्मरणीय के छ भने ह्वावे तथा जेडटीई दुवैलाई राष्ट्रिय सुरक्षा जोखिमको नाम दिँदै अमेरिकी क्यारियरहरुलाई अन्य नयाँ कम्पनीका उपकरणहरु प्रयोग गर्न आदेश दिएको थियो।

प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...