दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई भन्यो- पोल भाडा तिर्न विद्युत प्राधिकरणसँग सम्झौता गर्न जाऊ

  • Technology Khabar | ११ कार्तिक २०७८, बिहीबार
दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई भन्यो- पोल भाडा तिर्न विद्युत प्राधिकरणसँग सम्झौता गर्न जाऊ

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले पोल भाडा तिर्नका लागि सम्झौता गर्न सेवा प्रदायकहरुलाई भनेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकायले सूचनामार्फत सबै सेवा प्रदायकहरुलाई पोल भाडा तिर्नका लागि सम्झौता गर्न भनेको हो ।

प्राधिकरणले नेपाल विद्युत प्राधिकरणसँग सम्झौता नगरेका सेवा प्रदायकहरुलाई कात्तिक मसान्तभित्र नै सम्झौता गर्नका लागि भनेको हो ।

जसमा सेवा प्रदायक कम्पनीहरुले पोल प्रयोग गरेको स्थान, परिणाम र अवधि स्वयं घोषणा गरी सम्झौता गर्न सबैलाई जानकारी गराएको हो ।

यसअघि दूरसञ्चार प्राधिकरणले पोल भाडाको विवादमा इन्टरनेट सेवाको तारहरु विद्युत प्राधिकरणले काटिदिएकोमा कडा आपत्ति व्यक्त गर्दै विरोध गरेको थियो। त्यसैगरी विद्युत प्राधिकरणले छलफलमा नै नआएको जानकारी दिएको थियो ।

तर अहिले दूरसञ्चार प्राधिकरणले नै पोल भाडा तिर्न सम्झौता गर्नका लागि सेवा प्रदायकहरुलाई भनेको हो

विद्युत प्राधिकरणले समेत कात्तिक मसान्तभित्र सबै सेवा प्रदायकहरुलाई सम्झौता गर्नका लागि आउन भनेको थियो ।

सरकारले पोल भाडा विवाद मिलाउन गठन गरेको समितिले कात्तिक मसान्त भित्रै दूरसञ्चार सेवा प्रदायकहरुलाई सूचीकृत हुनका लागि निर्णय गरेको थियो भने पोलको भाडा बारेमा पछि समितिले निर्णय गरेअनुसार हुने बताईएको थियो।

सम्बन्धित समाचार-

विद्युत प्राधिकरणले सेवा प्रदायकहरुलाई भन्यो- पोल भाडा रकम तिर्नका लागि सम्झौता गर्न आऊ

प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

ओप्पो प्याड एयर५ आधिकारिक रूपमा सार्वजनिक

  • Technology Khabar
  • ११ कार्तिक २०७८, बिहीबार