जियोफोन नेक्स्ट भारतमा दीपावलीसम्म लन्च हुने गुगलका सीईओ पिचाईको भनाई

  • Technology Khabar | ११ कार्तिक २०७८, बिहीबार
जियोफोन नेक्स्ट भारतमा दीपावलीसम्म लन्च हुने गुगलका सीईओ पिचाईको भनाई

काठमाडौं ।

गुगलका सीईओ सुन्दर पिचाईले आउँदो दीपावलीसम्ममा जियोफोन नेक्स्ट भारतमा लन्च हुने बताएका छन्। उनकाअनुसार समयसीमा अनुसार काम भइरहेको छ।

भारतमा मानिसहरू फिचर फोनबाट स्मार्टफोनमा सर्न चाहेको देखिएको उनले बताए। जियोफोन नेक्स्ट अंग्रेजी भन्दा माथि उठ्न र मानिसहरूलाई उनीहरूको स्थानीय अधिकार दिन डिजाइन गरिएको हो।

पिचाईले यो स्मार्टफोन (जियोफोन नेक्स्ट) ले डिजिटल रूपान्तरणको जग बसाल्ने पनि बताए । उनकाअनुसार यसमा ३ देखि ५ वर्ष भित्र ठूलो प्रभाव देखिनेछ।

यसअघि, यो सोमबार, रिलायन्स जियोले पहिलो पटक आधिकारिक रूपमा फोनका सुविधाहरू वर्णन गर्ने भिडियो जारी गर्‍यो। गुगल र क्वालकम जस्ता साझेदारहरूसँगको सहकार्यमा बनेको यो बजेट फोन धेरै कुरामा अद्वितीय छ।

कसरी जियोफोन नेक्स्टमा लाखौं भारतीयहरूको जीवन परिवर्तन गर्ने शक्ति छ भनेर कम्पनीले भिडियो ‘मेकिंग अफ जियोफोन नेक्स्ट’ मा बताएको थियो। जियोफोन नेक्स्ट ‘प्रगति’ नामक अपरेटिङ सिस्टममा चल्नेछ।

‘प्रगति’ गुगल एन्ड्रोइडले विशेष गरी भारतका लागि बनाएको अपरेटिङ सिस्टम हो। प्रगति ओएस जियो र गुगलका उत्कृष्ट प्राविधिकहरूद्वारा विकसित गरिएको दाबी गरीएको छ। यसले किफायती मूल्यहरूमा उत्कृष्ट अनुभवहरूको साथ सबैको लागि प्रगति सुनिश्चित गर्ने लक्ष्य राख्छ।

जियोले यो नयाँ स्मार्टफोनलाई विश्वकै सबैभन्दा सस्तो ४जी स्मार्टफोन हुने दाबी गर्दै आएको छ। सो फोन भारतीय बजारमा मात्र उपलब्ध हुनेछ।

प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार